माइनस १२ पावरको चश्मा मुक्त गराउने गरी माट्रिका आई सेन्टरले गर्यो सफल शल्यक्रिया
काठमाडौं– पुरानोबानेश्वरस्थित माट्रिका आई सेन्टरले स्मार्टसर्फ लेजर प्रविधिमार्फत शल्यक्रिया गरी एक युवतीलाई माइनस १२ पावरको चश्माबाट मुक्त गराएको छ । विगत १५ वर्षदेखि माइनस १२ पावरको चश्मा लगाउँदै आएकी मोरङकी एकता गुरागाईंलाई सेन्टरले स्मार्टसर्फ लेजर सर्जरीको माध्यमबाट जीवनभरका लागि चश्मामुक्त गराएको हो ।
केही दिन अघि रेफ्रयाक्टिभ सर्जन डा. शास्वत ढुंगेलको समूहले गुरागाईंको शल्यक्रिया गरेको थियो । शल्यक्रियापश्चात गुरागाईंले आफूलाई सामान्य मानिसको जस्तै बिना चश्मामा देख्न पाउँदा खुशी लागेको बताइन् । ‘१५ वर्षदेखि निरन्तर चश्मा लगाउँदै आएको मैले ५ वर्षयता भने माइनस १२ पावरको चश्मा प्रयोग गर्दै आएको थिएँ,’ उनी भन्छिन्, ‘अब त मैले जीवनभर चश्मा लगाउनुपर्दैन, निकै खुशी छु ।’
माइनस १२ पावर चश्माको विकल्पबारे खोज्दै जाँदा स्मार्टसर्फ लेजर आई सर्जरीको बारेमा थाहा पाएको उनको भनाई छ । ‘मलाई कुनैबेला अब त मैले जीन्दगीभर चश्मा लगाउनुपर्छ होला भन्ने चिन्ताले सताउँथ्यो,’ उनले भनिन्, ‘विभिन्न माध्यममा खोज्दै जाँदा स्मार्टसर्फ लेजर सर्जरीको बारेमा थाहा पाएँ त्यसपछि यसको राम्रो उपचार माट्रिकामा हुन्छ भन्ने थाहा पाएपछि उपचार गराएँ ।’ माट्रिकामा चिकित्सकहरुले दिने सल्लाह र उपचार पद्धतिबाट आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।
माट्रिकाले विगत ६ वर्षदेखि विभिन्न पावरका चश्मा प्रयोग गर्दै आएका बिरामीहरुको सफल शल्यक्रिया गर्दै आएको सेन्टरकी प्रबन्ध निर्देशक सोना प्रधान बताउँछिन् । ‘हामीले माइनस पावर चश्मा प्रयोग गर्ने थुप्रै मानिसहरुको सफल शल्यक्रिया गर्दै आएका छौँ,’ उनी भन्छिन्, ‘तर, यो प्रविधिका बारेमा आम मानिसलाई अवगत नहुँदा उनीहरु उपचारबाट बञ्चित छन् ।’
अब धेरै पावरको चश्मा लगाएर बस्नु पर्ने दिन गएको उनको भनाइ छ । ‘चश्मामुक्त बनाउने प्रविधि नेपालमै आईसकेको छ सफल उपचार भइरहेको छ भने किन चश्माको झन्झट लिने,’ उनी भन्छिन् ।
स्मार्टसर्फ लेजर प्रविधिलाई वरिष्ठ रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधानले पहिलोपटक नेपालमा भित्र्याएका थिए । डा. किशोर यतिबेला माट्रिकामा मेडिकल डाइरेक्टरका रुपमा रहेका छन् । उनले चीन, इन्डोनेशिया, अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड, हङकङ, जर्मनी लगायतका २५ वटाभन्दा बढी देशमा गई स्मार्टसर्फ प्रविधिका बारेमा सिकाउँदै आएका छन् ।
लामो समयदेखि आँखा स्वास्थ्यमा काम गर्दै आएको माट्रिकाले दूरदराजका नागरिकको निःशुल्क आँखा उपचारसमेत गर्ने गरेको छ । सेन्टरका प्रशासकीय अधिकृत कल्याण ढुंगानाका अनुसार माट्रिकाले हालसम्म १५ हजारभन्दा बढी मोतियाविन्दूका बिरामीको निःशुल्क शल्यक्रिया गरिसकेको छ । ‘हामीले दूरदराजका अतिविपन्न र स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका मानिसहरुको मोतियाविन्दूको निःशुल्क उपचार गराउँदै आएका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ ।’
के हो स्मार्टसर्फ लेजरी सर्जरी ?
स्मार्टसर्फ लेजर सर्जरी भनेको आँखा दृष्टि सुधार गर्ने एक उपचार प्रविधि हो । जसले चश्मा र लेन्सको प्रयोगबाट मुक्त गर्न सहयोग गर्दछ । ट्रान्सपीआरके नाम प्रविधिमा आधारित छ । जसमा लेजरको माध्यमबाट आँखाको कोर्नियाको सतहलाई बिना काँटछाट उपचार गरिन्छ । अर्थात्, यो विधिबाट शल्यक्रिया गर्दा आँखामा कुनै ब्लेड अर्थात यन्त्रको प्रयोग गरिँदैन । एक्सिमर लेजरको प्रयोग गरी कोर्नियाको बाहिरी तह हटाएर आँखा भित्रको संरचनामा परिमार्जन गरिन्छ । जसले गर्दा प्रकाशको सही फोकस पुनःस्थापना हुन्छ । त्यसपछि दृष्टि सुधार गर्न मद्दत गर्दछ ।
स्मार्टसर्फ लेजर प्रविधि विशेषगरी मायोपिया अर्थात नजिकका वस्तु स्पष्ट देखिने तर टाढाका वस्तु देख्न कठिन हुने समस्या भएका मानिसहरुको उपचारमा प्रयोग गरिन्छ ।
बिना ब्लेड अथवा हतियार शल्यक्रिया गरिनु, उपचार समय छोटो हुनु, आँखा छिटो निको हुनु, संक्रमणको जोखिम कम हुनु स्मार्टसर्फ लेजर प्रविधिको विशेषता हुन् ।
ताजा अपडेट
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया