छैटौं समूहको साथी शिक्षकका लागि आवेदन खुल्यो, मंसिर १५ सम्म आवेदन दिन सकिने
काठमाडौं– हेलम्बु एजुकेशन लाइभ्लीहुड पार्टनरसीप (हेल्प)ले साथी शिक्षक कार्यक्रमको छैटौँ कोहर्टका लागि आवेदन खुला गरेको छ । हेल्पले आगामी कात्तिक १ गते बिहिबारबाट छैटौं कोहर्ट साथी शिक्षकका लागि आवेदन खुला गरेको हो ।
ग्रामीण तहमा रहेका विद्यालयहरुमा प्राथमिक तहमा अंग्रेजी र गणित विषयको शिक्षण सिकाइ प्रभावकारी बनाउने उद्धेश्यले हेल्पले साथी शिक्षकका लागि आवेदन खुला गरेको हो । ग्रामीण क्षेत्रका विशेषगरी सामुदायिक विद्यालयको शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन विभिन्न क्रियाकलाप गर्दै आएको हेल्पको साथी शिक्षक कार्यक्रम एक महत्वपूर्ण गतिविधि हो । त्यसैले साथी शिक्षकमा आवद्ध भई सेवा गर्न चाहनेले आगामी मंसिर १५ गतेभित्र आवेदन दिन सक्ने हेल्पले जनाएको छ ।
साथी शिक्षकमा छनोट भएकाहरुले निर्वाह भत्ता, तालिम र व्यक्तिगत क्षमता अभिवृद्धिको अवसर प्राप्त गर्ने हेल्पले जनाएको छ । ‘विद्यमान शैक्षिक अवस्थाको परिवर्तका लागि केही योगदान दिन इच्छुक हुनुुहुन्छ भने प्राथमिक तहमा दुई वर्षका लागि गणित र अंग्रेजी विषय पढाउन साथी शिक्षक यात्राको हिस्सा बन्न सक्नुहुनेछ,’ हेल्पले भनेको छ, ‘निर्वाह भत्तासहित गहन प्रशिक्षण र व्यक्तिगत क्षमता वृद्धिका लागि यो एक सुनौलो अवसर हुनसक्नेछ ।’
साथी शिक्षकका बारेमा विस्तृतमा बुझ्नका लागि https://saathiteachers.org/ र कार्यालयको फोन नम्बर ०१–४९१७२०९ मा सम्पर्क गर्न सकिने हेल्पले जनाएको छ ।

ताजा अपडेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
- विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. केसी, सचिवमा प्रा.डा. श्रेष्ठ
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया