Techie IT
  • बिहीबार, असोज २९, २०८३ / Thursday, October 15, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई परिषद्को निर्देशन

२४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई परिषद्को निर्देशन


काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौंमा आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ । मंगलबार परिषद्ले एक विज्ञप्ति जारी गर्दै २४ घण्टा भित्र विद्यालयको चाबी बोकेर काठमाडौं आउने निर्देशन दिएको हो ।

‘आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय कर्मचारीलाई बिद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आयको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत सूचना प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौं जारी ऐतिहासिक आन्दोलनमा अनिवार्य रुपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

साथै, शैक्षिक हडताल भइरहेको समयमा शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि कर्मचारीको हक अधिकार स्थापित गर्ने परिवर्तनगामी महान यात्रामा छुट्ने अधिकार कसैलाई पनि नभएको परिषद्को विज्ञप्तिमा उल्लेख छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको