जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
काठमाडौं– काठमाडौं उपत्यकाभित्र तथा बाहिरका गरी १०७ भन्दा बढी विद्यालयका करिब ३,५०० विद्यार्थीको सहभागितासहित सम्पन्न तेस्रो संस्करणको थन्डरबोल्ट्स कप २०२५ बुधबार भव्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । १२ खेल विधा र ३२ प्रतिस्पर्धात्मक श्रेणीमा सर्वाधिक कुल अंक हासिल गर्दै जेम्स स्कुलले २०२३ मा सुरु भएको थन्डरबोल्ट्स च्याम्पियनसिप कप लगातार तेस्रो पटक जित्न सफल भयो। यससँगै जेम्स स्कुलले नगद पाँच लाख पुरस्कारसमेत प्राप्त गर्यो ।
समापन समारोहका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव श्री किरण राईले युवाको समग्र विकासमा खेलकुदको अत्यन्त महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। सम्बोधनका क्रममा उनले भने, “कक्षा कोठामा आर्जित ज्ञानलाई दैनिक जीवनका समस्या समाधान गर्न सक्ने सीपमा रूपान्तरण गर्नु आजको आवश्यकता हो, जसले करिअरका नयाँ सम्भावनाहरू पनि खोल्छ। यस क्षेत्रमा जेम्स स्कुलले नेतृत्व लिइरहेको देख्दा खुसी लागेको छ ।” विजेताहरूलाई बधाई दिँदै उनले खेलकुद र शिक्षामार्फत युवालाई अनुशासित र जिम्मेवार नागरिकका रूपमा विकास गर्न सबै सरोकारवालालाई आह्वान गरे ।
समारोहमा उपस्थित अन्य विशिष्ट व्यक्तित्वहरूमा राजेश खड्का (अध्यक्ष, जेम्स), विष्णु गोपाल श्रेष्ठ (अध्यक्ष, स्पोट्र्स फर अल कमिसन), जोन व्हिटल (प्राविधिक निर्देशक, थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर–टिडिसी), मुकुन्दराज शर्मा (प्रधानाध्यापक, लिटल एन्जल्स स्कुल), दीपक हर्ष बज्राचार्य (अध्यक्ष, नेपाल जुडो संघ), प्रकाश सापकोटा (प्रमुख, शिक्षा विकास तथा समन्वय इकाइ), डी.के. ढुङ्गाना (वरिष्ठ सल्लाहकार, प्याब्सन), आर.बी. कटुवाल (महासचिव, प्याब्सन), होविन्द्र बोगटी (एसएसपी, ललितपुर), भूमि राज निरौला (सामाजिक अभियन्ता) तथा रयान कासाजु (उपाध्यक्ष, थन्डरबोल्ट्स फुटबल क्लब–टिएफसी) लगायतका अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
समारोहका क्रममा विभिन्न विधाका व्यक्तिगत विजेता, टिम तथा विद्यालयहरूलाई पदक र ट्रफी प्रदान गरिएको थियो। आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले सहभागी विद्यालय तथा खेलाडीहरूलाई बधाई दिँदै धन्यवाद ज्ञापन गरे। आगामी संस्करणहरूमा देशव्यापी अझ व्यापक सहभागिताको अपेक्षा व्यक्त गर्दै उनले यस महाआयोजनाको तेस्रो संस्करण औपचारिक रूपमा समापन भएको घोषणा गरे।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया