Techie IT
  • बिहीबार, असोज २९, २०८३ / Thursday, October 15, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ समाचार ∕ हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित

हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित


काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को नयाँ नेतृत्वका लागि मतदान जारी छ । हिसानको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदमा यतिबेला मतदान भइरहेको छ ।

अध्यक्षमा लोकबहादुर भण्डारी र युवराज शर्माबीचमा प्रतिस्पर्धा रहेको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ५ जना, महासचिवमा २ जना र सचिवमा ९ जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा रहेको छ ।

बुढानिलकण्ठस्थित पार्क भिलेजमा शुक्रबारबाट हिसानको नवौँ महाधिवेशन जारी छ । हिसानको ५९ जना केन्द्रीय सदस्यहरु भने सर्वसम्मत निर्वाचित भएका छन् ।

 



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको