त्रिवि सेवा आयोगका अध्यक्षसमक्ष कर्मचारीले गरे ९ बुँदे माग पेस
काठमाडौं । त्रिवि कर्मचारी संघले त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईसमक्ष ९ बुँदे माग पेस गरेका छन् । संघले नवनियुक्त अध्यक्ष भट्टराईलाई बधाई ज्ञापन गर्दै ९ बुँदे मागपत्र पेस गरेको हो ।
संघका अध्यक्ष छत्रबहादुर कार्कीले विश्वविद्यालयलाई आवश्यक पर्ने दक्ष योग्य जनशक्ति छनौट गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको आयोगले गर्ने कामकारबाहीप्रति विश्वास गर्न लायक हुने अपेक्षा रहेको बताए ।
संघले त्रि.वि. कार्यकारी परिषदबाट विज्ञापनका लागि पठाई सकिएको श्रेणी विहीन कर्मचारीहरूको विज्ञापन यथाशीघ्र प्रकाशित गर्नुपर्ने माग राखेको छ । त्यस्तै विज्ञापन नम्बर १८ सँग सम्बन्धित पुस्तकालय अधिकृत लगायत पदमा अन्तरवार्ता समेत भएर नतिजा प्रकाशन गर्न मात्र रोकिएका पदहरूको यथाशीघ्र नतिजा प्रकाशित गर्न समेत माग गरेको छ ।
त्यस्तै सवारी चालकहरूको प्रयोगात्मक परीक्षा सम्पन्न भइसकेको र कुनै विवादमा नभएको परीक्षा समेत विना कारण रोकिएकोले तुरुन्त नतिजा प्रकाशित गर्न समेत माग गरेको छ । त्रि.वि. सेवा आयोगले वार्षिक कार्य योजनासहितको विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनको कार्य तालिका नै बनाएर काम अघि बढाइनुपर्ने लगायतका माग रहेका छन् ।
ताजा अपडेट
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया