त्रिवि सेवा आयोगका अध्यक्षसमक्ष कर्मचारीले गरे ९ बुँदे माग पेस
काठमाडौं । त्रिवि कर्मचारी संघले त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईसमक्ष ९ बुँदे माग पेस गरेका छन् । संघले नवनियुक्त अध्यक्ष भट्टराईलाई बधाई ज्ञापन गर्दै ९ बुँदे मागपत्र पेस गरेको हो ।
संघका अध्यक्ष छत्रबहादुर कार्कीले विश्वविद्यालयलाई आवश्यक पर्ने दक्ष योग्य जनशक्ति छनौट गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको आयोगले गर्ने कामकारबाहीप्रति विश्वास गर्न लायक हुने अपेक्षा रहेको बताए ।
संघले त्रि.वि. कार्यकारी परिषदबाट विज्ञापनका लागि पठाई सकिएको श्रेणी विहीन कर्मचारीहरूको विज्ञापन यथाशीघ्र प्रकाशित गर्नुपर्ने माग राखेको छ । त्यस्तै विज्ञापन नम्बर १८ सँग सम्बन्धित पुस्तकालय अधिकृत लगायत पदमा अन्तरवार्ता समेत भएर नतिजा प्रकाशन गर्न मात्र रोकिएका पदहरूको यथाशीघ्र नतिजा प्रकाशित गर्न समेत माग गरेको छ ।
त्यस्तै सवारी चालकहरूको प्रयोगात्मक परीक्षा सम्पन्न भइसकेको र कुनै विवादमा नभएको परीक्षा समेत विना कारण रोकिएकोले तुरुन्त नतिजा प्रकाशित गर्न समेत माग गरेको छ । त्रि.वि. सेवा आयोगले वार्षिक कार्य योजनासहितको विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनको कार्य तालिका नै बनाएर काम अघि बढाइनुपर्ने लगायतका माग रहेका छन् ।
ताजा अपडेट
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान








तपाईको प्रतिक्रिया