बर्तौलाको प्रश्न : सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन नगर्ने दाउपेच गर्दै त छैन ?
काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले शिक्षकहरुसँग गरेको सहमति कार्यान्वयन नगर्ने दाउपेच त गर्दै छैन भन्ने प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक सम्बन्धि सैदान्तिक छलफलमा आफ्नो धारणा राख्ने क्रममा सचेतक बर्तौलाले उक्त प्रश्न गरेका हुन् ।
सरकारले शिक्षकसँग पटक पटक सहमति गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने रोग पुरानैदेखि भएकाले अहिले पनि आलटाल गर्ने होकि भन्ने संशय उत्पन्न भएको उनले बताए ।
साथै, शिक्षा मन्त्रीले पनि शिक्षकसँग भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्ने कुरा संसदमा उभिएर भन्ने आँट गर्न नसकेको उनको भनाइ छ । ‘माननीय मन्त्रीले शिक्षकसँगको सहमति कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्ने आँट गर्न सक्नुभएन,’ उनले भने, ‘यसले शिक्षक महासंघसँग सरकारले गरेको सहमतिप्रति सरकार जिम्मेवार छैन भन्ने देखाउँछ ।’
त्यसैले सरकारले शिक्षकसँग गरेका सहमति कार्यान्वयन गर्न मन्त्रीको ध्यानाकर्षण समेत गराए । ‘शिक्षकका समग्र समस्यालाई कसरी समाधान गर्न सकिन्छ त्यसबारेमा विधेयकले स्पष्ट समेटेको देखिँदैन,’ उनले भने ।
ताजा अपडेट
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान








तपाईको प्रतिक्रिया