Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठकलेजयसरी सकियो त्रिविको दीक्षान्त समारोह (फोटो फिचर)

यसरी सकियो त्रिविको दीक्षान्त समारोह (फोटो फिचर)


काठमाडौं  त्रिभुवन विश्वविद्यालयको ४९ औं दिक्षान्त समारोह सोमवार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानमा भएको दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दिक्षीत भएका छन् ।

२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार ४ सय १५ जना विद्यार्थीले दीक्षीत भएका हुन् ।

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित भएका छन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरेका छन् । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको त्रिविले जनाएको छ ।

तर, त्रिविले यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको