समाचार
सफ्टवेरिका कलेजमा ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’ आयोजना
काठमाडौं—सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा उच्च प्रत्याशित ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’ आयोजना गरेको छ ।
कार्यक्रम सफ्टवेरिका सफ्टवेरिका कलेजको एएनएस ईमा आयोजित गरेको थियो । यस कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनको लागि एक अद्वितीय अवसर प्रदान गर्ने रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले वास्तविक–विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरू जस्तैः ह्याकर र डिफेन्डरहरू जस्तै सोच्ने र आफ्नो सीपहरू विकास गर्ने आवसर पाएका थिए । यो प्रतियोगिता दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरूका लागि आयोजित गरिएको थियो । जसमा लगभग १५० सहभागीहरूले भाग लिने अपेक्षा गरिएको थियो ।
अतिथि वक्ताहरु र ह्याक द बक्स मिटअप मेन्टरहरु शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समिप पोखरेलको उपस्थिति रहेको थियो । यी अनुभवी सल्लाहकारहरूले सहभागीहरूलाई प्रेरित साथसाथै सीटीएफ प्रतियोगितामा उत्कृष्ट हुन आवश्यक पर्ने सीपहरूमा मार्गदर्शन पनि प्रदान गरेका थिए ।
सफ्टवेरिका कलेज उच्च गुणस्तरको शिक्षा प्रदान गर्न र आईटी र कम्प्युटिङको निरन्तर विकसित क्षेत्रको लागि विद्यार्थीहरूलाई तयार गर्न समर्पित शैक्षिक संस्था हो ।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया