अब त्रिविको शैक्षिक प्रमाणपत्रहरु अनलाइनबाटै, यस्तो छ अनलाइनमार्फत आवेदन दिने तरिका
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (त्रिवि पनिका) ले अब अनलाइनमार्फक शैक्षिक प्रमाणपत्र दिने तयारी गरेको छ । त्रिवि पनिकाले आगामी माघ १५ गतेदेखि अनलाइनमार्फत सेवा दिन लागेको हो ।
जसका लागि अनलाइनमार्फत आवेदन दिने तरिकासमेत कार्यालयले सार्वजनिक गरिसकेको छ ।
विभिन्न तहका शैक्षिक प्रमाणपत्र वितरणमा ढिलाई एवम् पारदर्शी नभएको भन्दै लामो समयदेखि त्रिविको आलोचना हुँदै आएको थियो । त्यसलाई सम्बोधन गर्ने उद्धेश्यले त्रिविले सूचना प्रविधिको प्रयोगमा जोड दिँदै शैक्षिक प्रमाणपत्रका लागि अनलाइनमार्फत आएको आवेदनका आधारमा वितरण गर्न लागेको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउँछन् ।
त्यसैले अब विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, प्रतिलिपि लगायतका शैक्षिक प्रमाणपत्रको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।
प्रक्रिया पु¥याएर आवेदन दिएको विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोन मार्फत विद्यार्थीलाई जानकारी दिइने र सो अनुसार फेरि आवेदन दिनुपर्ने पनिका बल्खुले जनाएको छ ।
आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिने र प्रमाणपत्र संकलन गर्दा स्वयं विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने बल्खुले सूचनामा उल्लेख गरेको छ ।
नाम, थर आदि सच्चाउने प्रकृयाको लागि आवश्यक कागजातहरु बल्खु वा सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्नेछ ।
कसरी दिने अनलाइन आवेदन ? (तस्विरमा हेर्नुहोस्)

ताजा अपडेट
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
- जथाभावी विद्यार्थीको कपाल मुण्डन नगर्न विद्यालयहरुलाई महानगरको आग्रह
- रिलायन्सले गर्यो स्नातक तह उत्तीर्ण विद्यार्थीलाई विदाई
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया