अब त्रिविको शैक्षिक प्रमाणपत्रहरु अनलाइनबाटै, यस्तो छ अनलाइनमार्फत आवेदन दिने तरिका
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (त्रिवि पनिका) ले अब अनलाइनमार्फक शैक्षिक प्रमाणपत्र दिने तयारी गरेको छ । त्रिवि पनिकाले आगामी माघ १५ गतेदेखि अनलाइनमार्फत सेवा दिन लागेको हो ।
जसका लागि अनलाइनमार्फत आवेदन दिने तरिकासमेत कार्यालयले सार्वजनिक गरिसकेको छ ।
विभिन्न तहका शैक्षिक प्रमाणपत्र वितरणमा ढिलाई एवम् पारदर्शी नभएको भन्दै लामो समयदेखि त्रिविको आलोचना हुँदै आएको थियो । त्यसलाई सम्बोधन गर्ने उद्धेश्यले त्रिविले सूचना प्रविधिको प्रयोगमा जोड दिँदै शैक्षिक प्रमाणपत्रका लागि अनलाइनमार्फत आएको आवेदनका आधारमा वितरण गर्न लागेको परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउँछन् ।
त्यसैले अब विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल, पुनर्योग, प्रतिलिपि लगायतका शैक्षिक प्रमाणपत्रको लागि अनलाइन आवेदन दिन सक्नेछन् ।
प्रक्रिया पु¥याएर आवेदन दिएको विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोन मार्फत विद्यार्थीलाई जानकारी दिइने र सो अनुसार फेरि आवेदन दिनुपर्ने पनिका बल्खुले जनाएको छ ।
आवेदन अनुसार विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय मार्फत वितरण गरिने र प्रमाणपत्र संकलन गर्दा स्वयं विद्यार्थी अथवा विद्यार्थीले इच्छाइएको व्यक्ति हुनुपर्ने बल्खुले सूचनामा उल्लेख गरेको छ ।
नाम, थर आदि सच्चाउने प्रकृयाको लागि आवश्यक कागजातहरु बल्खु वा सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनुपर्नेछ ।
कसरी दिने अनलाइन आवेदन ? (तस्विरमा हेर्नुहोस्)

ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया