समाचार
द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
करिब १ हजार ५ सय विद्यार्थी । हजारौं सफल स्नातक । चार वटै महादेशमा क्याम्पस सञ्चालन गरिरहेको अनुभवी व्यवस्थापन । अन्तर्राष्ट्रियस्तरको कर्पोरेट शैलीको आलिशान पूर्वाधार । दर्जनौं अनुभवी फ्याकल्टी । नेपालको एकमात्र ब्रिटिस एक्रिडिटेसन काउन्सिल (BAC) एक्रिडिटेड कलेज र शिक्षा मन्त्रालयबाट पूर्ण स्वीकृतीमा सञ्चालित शैक्षिक संस्था । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का प्रमुख विशेषता हुन् ।
संसारकै प्रतिष्ठित बेलायती डिग्री दिने शैक्षिक संस्थाको व्यवस्थापन गरिसकेको द कँडेल एजुकेशन ग्रुपले नेपालमै विश्वस्तरीय बेलायती शिक्षा उपलब्ध गराउने उद्देश्यका साथ सन् २०११ देखि द ब्रिटिस कलेज सञ्चालनमा ल्याएको हो । युनिभर्सिटी अफ वेष्ट अफ इंग्ल्याण्ड (युडब्लूई ब्रिस्टोल), लिड्स बकेट युनिभर्सिटी र किली युनिभर्सिटीजस्ता प्रतिष्ठित तथा अग्रणी बेलायती विश्वविद्यालयहरु सम्बन्धले ब्रिटिस कलेजलाई छोटै समयमा नेपालकै सबैभन्दा अन्तर्राष्ट्रिय रुपमा एकीकृत उच्च शिक्षा दिने शैक्षिक संस्थामा बनायो ।
द ब्रिटिस कलेज स्थापनाको छोटै समयमा प्रतिस्पर्धीमार्फत विश्वभर काम गर्न सक्ने हजारौं सफल स्नातकहरु उत्पादन गर्न सक्षम भयो । ‘विश्वस्तरीय बेलायती शिक्षा नेपालमै उपलब्ध गराउने ताकि विद्यार्थीहरुले देश नछोडी अन्तर्राष्ट्रिय अवसरहरु पाउन सकून भन्ने उद्देश्यले हामीले नेपालमै द ब्रिटिस कलेज स्थापना गरेका हौं,‘ कँडेल ग्रुपका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेल भन्छन्, ‘हाम्रो प्रयासले हजारौं नेपाली विद्यार्थीलाई घरमै बेलायती डिग्री हासिल गर्न सहज मात्रै गराएन, पारिवारिक रुपमा बिछोडिनुपर्ने बाध्यतालाई पनि कम गर्यो ।’

पछिल्ला १५ वर्षमा आईटीदेखि व्यवस्थापनसम्मको उत्कृष्ट जनशक्ति विकासमा द ब्रिटिस कलेजको आफूलाई अब्बल शैक्षिक संस्थामा रुपमा उभ्यायो । परिणाम यो संस्था चार वटै महादेशमा मात्रै फैलिएन यसका स्नातकहरुले विश्वबजारमा प्रतिस्पर्धामार्फत आफूलाई ठूला र प्रतिष्ठित व्यवसायिक फर्महरुको अंग बन्न भए ।
टीबीसी कलेजमात्रै होइन्, इन्टीग्रेटी, एजुकेशन र ग्लोबल अपरचुनिटीको शानदार प्रतीकका बन्यो । कानुनको पालना, पारदर्शिता, नैतिकता र विद्यार्थी केन्द्रीय व्यवहारले उसलाई नयाँ उचाइ दियो । परिणाम नै मान्नुपर्छ, अहिले चार वटै महादेश एसियाको नेपाल, युरोपको बेलायत, मध्यपूर्वको दुबई र उत्तर अमेरिकाको क्यानडासम्म द ब्रिटिस कलेज सञ्चालन गरिरहेको द कँडेल एजुकेशन ग्रुपका क्याम्पसहरु सञ्चालनमा छन् । स्वदेशमै पनि केही अन्य उत्कृष्ट शिक्षालयहरुको व्यवस्थापन यो समूहले गरिरहेको छ ।
बेलायती सिष्टममा काम गरिरहेका युवा व्यवसायी कँडेलले सन् २०११ मा आफ्ना बुवाको शिक्षाप्रतिको लगाव देखेर स्वदेशमा एनआरएनको लगानीका रुपमा द ब्रिटिस कलेज सुरु गरेका थिए । उनले त्यतिबेला आफूलाई माटोको माया र स्वदेश प्रेमले नेपालमा लगानी भित्र्याएको बताएका थिए । तर, तिनै युवा व्यवसायी कँडेलको नेपालकै अग्रणी युके एफिलिएटेड उच्च शिक्षा संस्था द ब्रिटिस कलेजले पछिल्ला केही महिनादेखि एउटा विकराल स्थितीको सामना गर्नुपर्यो । अवस्था कतिसम्म विकराल बन्न पुग्यो भने सामाजिक सञ्जाल, केही अनलाइन पोर्टलहरु र केही स्वार्थ समूहमार्फत फैलाइएका गलत सूचना, योजनाबद्ध सामाजिक सञ्जाल अभियान र संगठित दबाबको गम्भीर आक्रमणका कारण विश्वस्तरीय ब्राण्डमा गम्भीर नोक्सानी पुर्याउने र संस्थागत अस्थिरता सिर्जना गर्ने प्रयास गरियो । अन्ततः त्यो ठूलो रकम असुल्न योजनाबद्ध रुपमा चलाइएको आर्थिक दबाब अभियान थियो भन्ने घटनाक्रमहरुले देखाएको छ ।

‘नेपालमा शिक्षा केवल सेवा मात्र होइन्, परिवारको प्रतिष्ठान, जीवनभरको लगानी र भविष्यको सुरक्षासँग जोडिएको विषय हो,’ सिईओ कँडेल भन्छन्, ‘त्यसैले सत्य, पारदर्शिता र स्पष्टता अत्यन्तै आवश्यक हुन्छ, हाम्रो प्रिन्सिपल नै त्यही भएकाले हामी जोगिऔं ।’ हुनत र अझै पनि एक यो प्रतिष्ठित शैक्षिक केन्द्रमाथि अझै केही आक्रमण गर्न योजनावद्ध रुपमा केही व्यक्ति समूह जुटाउने प्रयास गरिरहेको उनको दावी छ ।
तर, द ब्रिटिस कलेजले आफ्ना १ हजार ५ सयभन्दा बढी विद्यार्थीको सुरक्षित वातावरणमा पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको छ भने कर्मचारीहरुको सुरक्षालाई केन्द्रमा राखेर कानुनी सुरक्षा र समाधानको बाटो निकालिसकेको छ । त्यसमा सरकारी निकायका छानविनहरुमा विद्यार्थीका अभिलेख, सरकारी स्वीकृती, कलेजका आधिकारिक कागजात, मध्यस्तता अभिलेख, डिजिटल सन्देशहरु तथा प्रहरीको गहिरो अनुसन्धानले पनि कलेजले सोसल मिडियामा फैलाइएजस्तो कुनै गैरकानुनी काम नगरेको देखाएको छ ।

तीन दर्जन नेपाली विद्यार्थीले दुबईमा सफलतापूर्वक अध्ययन गरिरहेका छन् । दुबईमा इन्टर्न गरिरहेकी विद्यार्थी प्रतिशा लाम्बाले आफूले मेडिया वान होटलमा इन्टर्न गरिरहेको राम्रो अवसर पाइरहेको बताएकी छिन् । ‘म यहाँ सिकिरहेकी छु, यहाँ धेरै सिक्ने अवसरहरु छन्, रिजर्वेसनका अलावामा म एचआरमा गएर काम गर्न सक्छु । यहाँ एकदमै राम्रो अवसर दिइरहेको छ,’ एजुकेशन समाचारलाई प्राप्त एक अडियोमा उनले भनेकी छन्, ‘म अन्तर्वार्ता दिएर रिजर्वेसनमा छनोट भएकी थिए, मलाई एकदमै राम्रो फिल भइरहेको छ ।’
ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया