गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
काठमाडौं । गोकर्णेश्वर–४, माकलबारीस्थित गोकर्णेश्वर लाइट एकेडेमीले शैक्षिक संस्था व्यवस्थापन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड ISO 21001:2018 को प्रमाणपत्र प्राप्त गरेको छ । Guardian Assessment UK Limited ले विद्यालयको शैक्षिक संस्था व्यवस्थापन प्रणालीको मूल्याङ्कन गरी निर्धारित मापदण्ड पूरा गरेको पाइएपछि प्रमाणपत्र प्रदान गरेको हो ।
विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले ISO 21001:2018 प्रमाणपत्र प्राप्त हुनु विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थित व्यवस्थापन प्रणालीप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार प्रमाणपत्रले विद्यालयले सञ्चालन गर्दै आएको शिक्षण–सिकाइ प्रक्रिया, पाठ्यक्रम कार्यान्वयन, सह–पाठ्यक्रम गतिविधि तथा विद्यार्थीको शैक्षिक, शारीरिक, सामाजिक र व्यक्तिगत विकासका क्षेत्रमा गरिएका प्रयासलाई थप व्यवस्थित बनाउन प्रेरणा मिलेको छ ।
प्रमाणपत्रमा विद्यालयको व्यवस्थापन प्रणाली ISO 21001:2018 (Educational Organizations Management System) को आवश्यकताअनुसार रहेको उल्लेख गरिएको छ। यसको दायरामा प्रारम्भिक बाल विकास तहदेखि कक्षा १० सम्मको शिक्षा तथा सिकाइ प्रक्रिया समेटिएको छ । प्रमाणपत्र १० अगस्ट २०२६ मा जारी भएको हो भने यसको वैधता ९ अगस्ट २०२९ सम्म रहेको प्रमाणपत्रमा उल्लेख छ ।
प्रिन्सिपल आचार्यले आगामी दिनमा पनि विद्यार्थीकेन्द्रित शिक्षण, गुणस्तरीय सिकाइ र निरन्तर सुधारलाई प्राथमिकतामा राखेर विद्यालयलाई थप उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया