विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
काठमाडौँ । थापाथलीस्थित द ब्रिटिश कलेज (टीबीसी)ले पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट फैलाइएका भ्रामक सूचना, अफवाह र आन्दोलनसम्बन्धी घटनाबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । कलेजले केही व्यक्तिहरूद्वारा संस्थाको प्रतिष्ठामा क्षति पुर्याउने र आर्थिक लाभ लिने उद्देश्यले घटनाक्रमलाई उग्र बनाइएको दाबी गरेको छ ।
सन २०११ मा स्थापना भएको द ब्रिटिश कलेज नेपालमा बेलायतका विश्वविद्यालयसँगको साझेदारीमा उच्च शिक्षा प्रदान गर्दै आएको अग्रणी संस्था हो । कलेजका अनुसार नेपालमा ब्रिटिश एक्रिडिटेशन काउन्सिल ९द्यब्ऋ० बाट मान्यता प्राप्त एकमात्र कलेजका रूपमा आफू परिचित रहेको, नेपाल सरकारका प्रचलित नियमहरूलाई पालना गर्दै आएको र हाल करिब १,५०० विद्यार्थी अध्ययनरत रहेको जनाएको छ ।
पछिल्लो समय ब्रिटिश कलेजको हस्पिटालिटी म्यानेजमेन्टअन्तर्गतको फाउन्डेसन कार्यक्रम र दुबईस्थित उलविच इन्स्टिच्यूटसँगको शैक्षिक सहकार्यसँग सम्बन्धित छ । कलेजले हस्पिटालिटी म्यानेजमेन्टको फाउन्डेसन कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत भएको र यसको आधिकारिक कागजात उपलब्ध रहेको जनाएको छ । उक्त कार्यक्रममार्फत विद्यार्थीहरूले दुबईमा पियर्सन एचएण्डडी डिप्लोमा पूरा गरी अन्तिम वर्ष ९टप(अप० अन्य देशमा अध्ययन गर्न सक्ने संरचना अन्तर्राष्ट्रिय अभ्यासअनुसार रहेको दाबी गरेको छ ।
उलविच इन्स्टिच्यूट दुबई सरकारको लाइसेन्स तथा केएचडीए नियमनअन्तर्गत सञ्चालनमा रहेको स्वतन्त्र संस्था भएको कलेजले स्पष्ट पारेको छ । कलेजका अनुसार हाल पनि तीन दर्जनभन्दा बढी नेपाली विद्यार्थी दुबईमा अध्ययनरत छन ।
कलेजले आन्दोलनको सुरुआत सीमित जिज्ञासाबाट भए पनि पछि केही व्यक्तिहरूले आर्थिक लाभका लागि त्यसलाई उग्र रूप दिएको बताएको छ । विज्ञप्तिअनुसार दुबईमा अनुशासनात्मक कारबाहीको सम्भावना सामना गरेका एक पूर्व विद्यार्थी र उनका सहयोगीहरूले अन्य विद्यार्थीलाई अध्ययन छोडेर नेपाल फर्कन उक्साएका थिए । ह्वाट्सएप म्यासेजमार्फत कलेजबाट ठूलो रकम असुल्ने योजना बनाइएको दाबी कलेजको छ ।
नेपाल फर्किएपछि ९ जना विद्यार्थीले कलेज परिसरमा प्रदर्शन गरेको, कक्षाकोठा अवरुद्ध गरिएको, कर्मचारीमाथि दुव्र्यवहार भएको तथा सामाजिक सञ्जालमार्फत लाइभ प्रसारण गरिएको कलेजको भनाइ छ । त्यसपछि विभिन्न राजनीतिक विद्यार्थी संगठनसँग आबद्ध ४० भन्दा बढी असम्बन्धित व्यक्ति क्याम्पस प्रवेश गरी हुलदंगा मच्चाएको र प्रहरी हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको जनाइएको छ । कलेज प्रशासनलाई धम्की तथा प्रलोभन दिएका एक पूर्व विद्यार्थीलाई राष्ट्रिय दण्ड संहिता, २०७४ अन्तर्गत आर्थिक दबाबसम्बन्धी आरोपमा पक्राउ समेत परेका छन ।
यद्यपि कलेजले समस्याको समाधानका लागि अभिभावक र विद्यार्थीहरूसँग संवाद गरी पूर्ण शुल्क फिर्ता, अन्य कार्यक्रम वा संस्थामा स्थानान्तरण तथा अध्ययन निरन्तरताका विकल्प प्रस्ताव गरेको जनाएको छ । दुबईबाट फर्किएका ९ मध्ये ७ जनाले समाधान स्वीकार गरेको र २ जना पुनः दुबई फर्किएको बताएको छ ।
यसैबीच, दुबई अध्ययन भिसाका लागि नो अब्जेक्सन लेटर अस्थायी रूपमा रोकिँदा केही कार्यक्रम प्रभावित भएको स्वीकार गर्दै कलेजले प्रभावित विद्यार्थीहरूलाई वैकल्पिक मार्ग र सहयोग उपलब्ध गराएको जनाएको छ ।
द ब्रिटिश कलेजले शैक्षिक उत्कृष्टता, पारदर्शिता, नियामक अनुपालन र आर्थिक दबाबप्रति शून्य सहनशीलताको नीति दोहोर्याउँदै आफ्नो मूल उद्देश्य ( नेपालमै गुणस्तरीय ब्रिटिश शिक्षा उपलब्ध गराउने ( प्रति प्रतिबद्ध रहेको जनाएको छ ।
ताजा अपडेट
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
- अब समकक्षता त्रिविले होइन, यूजीसीले दिने
- सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायी आक्रामक, कार्यालयको चाबी बुझाएर अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी
- भारतका चार विश्वविद्यालयबाट लिइएको समकक्षता त्रिभुवन विश्वविद्यालयद्वारा रद्द
- उपकुलपतिहरुलाई प्रधानमन्त्रीको निर्देशन : विश्वविद्यालयमा राजनीति बन्द, १० प्रतिशत छात्रवृत्ति अनिवार्य
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’











तपाईको प्रतिक्रिया