Techie IT
  • सोमबार, असोज २६, २०८३ / Monday, October 12, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ एडमिसन/इभेन्ट ∕ ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

समाचार

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न


काठमाडौं—द ब्रिटिश कलेजले आफ्ना पूर्व विद्यार्थीहरूलाई एकै थलोमा भेला गराउने र उनीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ गत २३ जनवरी २०२६ मा àएलुम्नाई मिट तथा नेटवर्किङ सेसन २०२६’ भव्य रूपमा आयोजना गरेको छ।

कार्यक्रमको औपचारिक सुरुवात टीकेजीका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलको स्वागत मन्तव्यबाट भएको थियो । उनले सशक्त र एकीकृत नेपाली एलुम्नाई समुदाय निर्माणको आवश्यकतामा जोड दिए।

कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले सञ्चालन गरेको ‘टुगेदर वी आर स्ट्रङ्गर’ शीर्षकको विशेष सत्र र ऊर्जाशील सांस्कृतिक नृत्य प्रस्तुतिले सहभागीहरूमा उत्साह थपेको थियो। त्यस्तै, पूर्व विद्यार्थीहरू आशिष आचार्य र योङ जिन होङले प्रेरणादायी की–नोट मन्तव्य दिँदै आफ्ना व्यावसायिक यात्रा र सफलताका अनुभवहरू साझा गरेका थिए ।

औपचारिक सत्रलाई सम्बोधन गर्दै कलेजका आईटी सल्लाहकार जोन पार्क (पूर्व प्रोडक्ट हेड—गुगल) ले पेशागत नेटवर्कको महत्त्व दर्शाए।

कार्यक्रमको समापन गर्दै द ब्रिटिश कलेजका सीईओ राजन कँडेलले कलेजले हालसम्म ३ हजारभन्दा बढी विश्वस्तरीय जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै संस्थाको भविष्य निर्माणमा पूर्व विद्यार्थीहरूको भूमिका निर्णायक हुने बताए। उनले नयाँ एलुम्नाई एसोसिएसन गठनका लागि दर्ता भई सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्दै, यसले मेन्टरसिप र व्यावसायिक अवसर सिर्जनामा ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पुराना सम्झनालाई समेटिएका विभिन्न भिडियो प्रदर्शन, सांस्कृतिक नृत्य प्रस्तुतिहरू तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेस गरिएको थियो।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको