सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
काठमाडौं-चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु भएको छ । शुक्रबार कलेज प्रांगणमा आयोजित एक समारोहमाझ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सदस्यसचिव डा. रवीन्द्रप्रसाद ढकालले साइन्स एण्ड आईटी एक्स्पोको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दैं कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. ढकालले विज्ञान प्रविधीका योजना बनाउँदा किताबबाट बाहिर निस्कुपर्ने बताए । ‘विज्ञानका योजना बनाउँदा किताबबाट बाहिर निस्कनुपर्छ, किताबमा सबै कुरा लेखेको हुँदैंन,’ उनले भने, ‘समाज चिन्नुपर्छ, समाजका समस्या बुझ्नुपर्छ ।’ उनले कुनै पनि उमेर, समूह र समयमा पनि विज्ञानका लागि योजना गर्न सकिने बताए ।
सबै प्रयासहरु सफल नहुने बताउँदैं उनले विज्ञानका क्षेत्रमा निरन्तरको प्रयासबाट मात्रै सफलता प्राप्त हुने धारणा व्यक्त गरे । विज्ञानका क्षेत्रमा केही गर्न चाहनेहरुका लागि नाष्टले मेकर्स स्पेश उपलब्ध गराउने गरेको उल्लेख गर्दै उनले अन्वेषणका लागि आर्थिक सहायतासमेत प्रदान गरिरहेको जानकारी दिए । डा. ढकालले सेन्ट लरेन्स कलेजले गरेको प्रयासको समेत सराहना गरे ।
सेन्ट लरेन्स कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीले हरेक वर्ष सेन्ट लरेन्स कलेजले साइन्स एण्ड आईटी एक्स्पो गर्दै आएको जानकारी दिए । उनले विद्यार्थीलाई पढाइसँगै अनुसन्धानमा संलग्न गराउनु यसको लक्ष्य भएको जानकारी दिए ।

‘यो कार्यक्रम प्रतिभाको डबली हो । युवा वैज्ञानिक उत्पादन गर्न कलेज सदैव लागिरहने छ,’ उनले भने, ‘हामीले गरिरहेको यो एक्स्पोबाट सहभागी विद्यालय र विद्यार्थीहरुलाई पनि उत्प्रेरणा मिलोस भन्ने हामी चाहन्छौं ।’
सेन्ट लरेन्स क्याम्पसका प्रिन्सिपल पुरुषोत्तम महर्जनले एक्स्पो इनोभेसन र आइडियाहरुको सो केस भएको बताए । उनले अन्य स्कुलहरुको सहभागिताले एक्स्पो वृहत बनेको बताए ।
शुभकामना मन्तव्य राख्दैं प्रोग्रेसिभ एजुकेशनकी अध्यक्ष सिता भट्टराईले सेन्ट लरेन्स कलेजले हरेक क्षेत्रमा महत्वपूर्ण उपस्थिती जनाइरहेको बताइन् । उनले साइन्स एण्ड आईटी एक्स्पोमार्फत कलेज नेपालमै उत्कृष्ट कार्य गरेको भन्दैं शुभकामना दिइन् ।
१९ मंसिरबाट सुरु भएको सेन्ट लरेन्स साइन्स एण्ड आईटी एक्स्पो २१ मंसिरसम्म चल्नेछ । एक्स्पोमा ३२ वटा स्कुल सहभागिता रहेको छ । ती स्कुलका विद्यार्थीहरुले विकास गरेका प्रोटो टाइपहरुलाई प्रतिस्पर्धा गराएर अन्तिममा तीन वटा उत्कृष्ट प्रोटो टाइपलाई पुरस्कृत गरिने प्रिन्सिपल दाहालले जानकारी दिए । प्रोटो टाइपको मुल्यांकनका लागि कलेजले प्रा.डा. नेत्रलाल भण्डारी र अर्जुन आचार्य रहेको निर्णायक समिति समेत बनाएको छ ।
कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष केशव दंगालले गरेका थिए । नेपाल पोलिमर इन्स्टिच्युटका अध्यक्ष प्रा.डा. रामेश्वर अधिकारी विशिष्ट अतिथी रहेको कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु अतिथी रहेका थिए ।
सन् १९९७ मा स्थापना भएको सेन्ट लरेन्स कलेजमा अहिले ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कलेजको अध्यक्ष केशव दंगालले जानकारी दिए ।
ताजा अपडेट
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया