त्रिविले अझै पाएन नयाँ उपकुलपति, थप तीन महिनाका लागि भुसाल नियुक्त
काठमाडौँ । सरकारले थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाललाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।
१६ कात्तिकमा तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्राडा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो । थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएको निमित्त शिक्षाध्यक्ष प्रा भार्गव धितालले बताए । उनको तीन महिने कार्यकाल सकिन एक दिन मात्रै बाँकी थियो ।
सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नयाँ उपकुलपति नियुक्ति हुन समय लाग्ने देखिएको छ । त्यसका लागि ४३ जनाले आवेदन दिएका छन् । अहिले आवेदनकर्ताहरूको मूल्यांकनको कार्य भइरहेको छ । उपकुलपति छनोट तथा सिफारिसको लागि सरकारले सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा समिति गठन गरेको थियो ।
ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया