नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र छाप्ने त्रिविको तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नयाँ शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको छ । त्रिविले नेपाली माध्यमबाट पढाउने तर प्रश्नपत्र भने अंगेजी माध्यमबाट दिँदै आएपछि चौतर्फी आलोचना हुँदै आएको थियो ।
सडकदेखि संसदहुँदै अदालतसम्म त्रिविले बनाउने प्रश्नपत्रको भाषा माध्यमलाई लिएर आलोचना भएपछि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषा छाप्ने तयारी गरेको छ ।
त्रिविले आगामी शैक्षिक सत्रदेखि दुवै भाषामा प्रश्नपत्र छाप्ने तयारी गरेको हो । यसअघि त्रिविले स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र अंग्रेजीमा मात्र निकाल्ने गरेको थियो । अंग्रेजीमा प्रश्न हुँदा परीक्षामा विद्यार्थी अन्योल हुने गरेको व्यापक गुनासोपछि तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले त्रिविलाई स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा बनाउन निर्देशन दिएका थिए ।
स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्रलाई दिएर संसददेखि अदालतसम्म गुनासो पुगिसकेको छ । रास्वपाका सांसद सुमना श्रेष्ठले ५ असारमा बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा तत्काल नेपालीमा पनि प्रश्नपत्र छाप्ने व्यवस्था गर्न माग राखेकी थिइन् । यससँगै नेपालीमा प्रश्नपत्र छाप्ने माग संसदमा मात्रै होइन, सर्वोच्च अदालतमै रिट दायर भएको छ ।
अहिले अंग्रेजी माध्यममा मात्रै प्रश्नपत्र छापिँदै आएकोविरुद्ध २०७४ सालमै सर्वोच्च अदालतमा रिट परेको थियो । अधिवक्ता विश्वास पौडेलले नेपाली र अंग्रेजी दुवै माध्यममा प्रश्नपत्र निर्माण गर्न माग गर्दै रिट दायर गरेका थिए । तर, हालसम्म अदालतबाट मुद्दाको सुनुवाइ भएको छैन ।
स्नातक तह र स्नातकोत्तर तहको प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा छापिनुपर्ने भन्दै पछिल्लो समय चर्को विरोध हुँदै आइरहेको भएपनि यस विषयमा कुनै ठोस निर्णय आइसकेको छैन ।
प्रश्नपत्र अंग्रेजीसँगै नेपालीमा पनि छाप्न बारम्बार माग उठे पनि सरकारले यसप्रति कुनै चासो नदेखाउँदा संविधानमा उल्लेख भएको व्यवस्थाबाटै विद्यार्थी वञ्चित हुनु परेको आरोप पनि बेला–बखत लाग्दै आएको थियो ।
ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न








तपाईको प्रतिक्रिया