काठमाडौं । काठमाडौं विश्वविद्यालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पीएचडी अध्ययनका लागि फेलोसिप दिने निर्णय गरेको छ ।
मेयर शाहले शनिबार सामाजिक संजालमा फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र शेयर गर्दै फेलोसिपका लागि छनोट भएको बताएका हुन् ।
काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागी आवेदन दिएका उनलाई विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि छनोट गरेको हो ।
काठमाडौं विश्वविद्यालयका अनुसार उनले एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने भएका छन् । शाहले नेवा सम्पदा संरचनामा पीएचडी गर्ने भएका छन्। काठमाडौं विश्वविद्यालयले प्रदान गर्ने केयू रिसर्च फेलोसिपअन्तर्गत मेयर शाहले पीएचडी गर्न लागेका हुन्।
विश्वविद्यालयले फेलोसिप प्रदान गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ’मेरो पीएचडीको लागि फेलोशिप प्रदान गर्नुभएकोमा काठमाडौं विश्वविद्यालयलाई धन्यवाद। साथीहरू, अब ३ वर्षमा डा बालेन।’
ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा

तपाईको प्रतिक्रिया