Techie IT
  • शुक्रबार, वैशाख १४, २०८१ / Friday, April 26, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारफेला पर्यो सुनकोशीमा खसेको सिटिईभीटीको गाडी, २ जनाको शव भेटिँदा १ जना अझै बेपत्ता

फेला पर्यो सुनकोशीमा खसेको सिटिईभीटीको गाडी, २ जनाको शव भेटिँदा १ जना अझै बेपत्ता


काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी फेला परेको छ । शुक्रबार बिहान मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको बी एबी ७४६७ नम्बरको गाडी फेला परेको हो ।

दुर्घटना भएको पाँचौँ दिन फेला परेको गाडीसँर्ग दुईवटा शव पनि भेटिएको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको गाडीमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफँै पौडिएर निस्किएका थिए ।

उक्त गाडी सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजीरहेका थिए ।

तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको बहाबलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट