Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारकाठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न

काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न


काठमाडौं । थलीस्थित किड्स वर्ल्ड किन्डरकार्टेनको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरीका रुपमा चिनिएको किड्स वर्ल्डले विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै वार्षिकोत्सव सम्पन्न गरेको हो ।

विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रमलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गरेका थिए ।

विद्यालयकी प्रिन्सिपल विजया थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक रघुराज थापाले मन्तव्यमार्फत सम्पूर्ण उपस्थितलाई स्वागत गरेका थिए । ९ वर्ष अघि थलीमा स्थापित यस मन्टेश्वरीले उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको थापाले बताए । ‘हामीले थलीमा मन्टेश्वरी खोल्ने सोच बनाउँदा बागमती पुल एउटा कुनै पनि मन्टेश्वरी खुलेका थिएनन् त्यही चुनौतिका बाबजुद हामीले खोल्ने साहस गर्यौं,’ उनले भने, ‘आज हामीले शिक्षक, अभिभावक र समुदायको साथले ९ वर्ष पूरा गर्न सफल भएका छौँ ।’ अहिले किड्स वर्ल्ड आफ्नै भवनबाट सञ्चालित भइरहेको समेत उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले किड्स वर्ल्ड काठमाडौं पूर्वी भेगकै पायोनियर प्रिस्कुलको रुपमा रहेको बताए । ‘बालबालिकाको मस्तिष्क र बाल मनोविज्ञानलाई बुझेर किड्स वर्ल्डले बालबालिकाको भविष्यलाई सुनौलो बाटोमा हिँडाइरहेको छ,’ उनले भने ।

अहिले नगरपालिकाले पनि प्रि–पाइमरी लेभलको शिक्षालाई जोड दिइरहेकोसमेत उनले बताए । ‘नगरपालिकाले पनि बाल सिकाइलाई मध्यनजर गर्दै इसीडीलाई प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘हामीले गर्नुपर्ने काम किड्स वर्ल्ड जस्ता विद्यालयले गरेर सहयोग गरिरहनुभएको छ ।’

यसैगरी, कार्यक्रममा अभिभावक महेश तिमल्सिनाले किड्स वर्ल्र्ड विद्यार्थीहरुमा संस्कारयुक्त शिक्षा दिइरहेको बताए । ‘किड्स वर्ल्डको शिक्षण सिकाइ क्रियाकलापमा संस्कारयुक्त शिक्षा छ,’ उनले भने, ‘किल्ड्स वर्ल्डले यो सिकाइलाई निरन्तरता देओस् ।

त्यस्तै, अभिभावक सोबिया थापाले किड्स वर्ल्डको शिक्षण सिकाइलाई खुलेर तारिफ गरिन् । उनले किड्स वर्ल्डको बालबालिकाप्रतिको केयरिङ, अतिरिक्त क्रियाकलाप, शिक्षण सिकाइले आफू सन्तुष्ट रहेको समेत बताइन् ।

कार्यक्रमकी सभापति एवम् विद्यालयकी प्रिन्सिपल बिजया थापाले किड्स वर्ल्ड यहाँसम्म आइपुग्न अभिभावक, शिक्षकहरुको ठूलो साथ रहेको बताइन् । साथै, विद्यालयले सुधार गर्नुपर्ने कुराहरुसहित रचनात्मक सुझाव दिन उनले अभिभावकहरुलाई आग्रहसमेत गरेकी थिइन् । यसैगरी, वार्षिकोत्सव कार्यक्रम सम्पन्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै थापाले कार्यक्रम विसर्जन गरेकी थिइन् । कार्यक्रममा अपर किन्डरकार्टेनका विद्यार्थीलाई सम्मान तथा कक्षा १ का विद्यार्थीलाई विदाई गरिएको थियो ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको