शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
काठमाडौं । सरकारले संघीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय जनशक्तिको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिक अनुदानमा मासिक रु. ५ हजार थप गर्ने निर्णय गरेको हो।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार संघीय सरकारबाट उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा वृद्धि गरिएको हो।
त्यस्तै, संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको पारिश्रमिकसमेत बढाइने भएको छ। साबिकमा खाइपाई आएको पारिश्रमिक वृद्धि गर्दै माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी शिक्षकको सुरु तलब बराबर कायम गरिने मन्त्री पोखरेलले बताएका छन्।
मन्त्री पोखरेलका अनुसार यो निर्णयबाट राज्यको वार्षिक दायित्वमा रु. ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० थपिनेछ।
उनले विद्यालय शिक्षामा आवश्यक जनशक्ति र स्रोतको व्यवस्थित व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। विद्यालय कर्मचारी, शिक्षक तथा सहयोगी जनशक्तिको योगदानको सम्मान गर्दै विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि आगामी दिनमा समेत आवश्यक पहल गर्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले सीमित स्रोतका बीच पनि निर्णय कार्यान्वयनका लागि आवश्यक सहजीकरण गरेको भन्दै अर्थमन्त्रीप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
सरकारले गरेको यो निर्णयले लामो समयदेखि पारिश्रमिक तथा सेवा–सुविधाको विषयमा आवाज उठाउँदै आएका विद्यालयका सहयोगी जनशक्तिलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ। तथापि, मन्त्री स्वयंले पनि यो निर्णय मात्र पर्याप्त नभएको र विद्यालय शिक्षाको जनशक्ति व्यवस्थापन तथा पारिश्रमिकसम्बन्धी समस्या समाधानका लागि थप पहल आवश्यक रहेको संकेत गरेका छन्।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया