सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
विगतभन्दा कडा संघर्ष गर्ने महासंघको घोषणा
काठमाडौं । सरकारसँग पटक–पटक भएका सहमति कार्यान्वयन नहुँदा असन्तुष्ट बनेको नेपाल शिक्षक महासंघ फेरि आन्दोलनको मैदानमा उत्रिने भएको छ। महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठक ले १५ बुँदे निर्णय पारित गर्दै आउँदो भदौ महिनादेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको हो। महासंघले अब आश्वासन र प्रतिबद्धताले मात्रै नपुग्ने स्पष्ट पार्दै सरकारले तत्काल माग सम्बोधन नगरे निर्णायक संघर्ष मा जाने चेतावनी दिएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी ले सरकारमाथि शिक्षकसँग भएको सहमति कार्यान्वयनमा गम्भीर बेवास्ता गरेको आरोप लगाए। उनले शिक्षक आन्दोलन रोकिने कि नरोकिने भन्ने कुरा अब पूर्ण रूपमा सरकारको व्यवहारमा निर्भर रहने बताए।
“सरकारले शिक्षकसँग गरेका सहमति कार्यान्वयन गरेको छैन। त्यसैले फेरि आन्दोलनमा जान बाध्य भएका छौँ। यसपटकको आन्दोलन विगतका आन्दोलनभन्दा अझ कडा र प्रभावकारी हुनेछ,” अध्यक्ष सुवेदीले भने।
महासचिव तुलाबहादुर थापा ले आन्दोलनका विस्तृत कार्यक्रम केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिँदै सरकारले समयमै निर्णय नगरे आन्दोलन चरणबद्ध रूपमा देशभर विस्तार गरिने बताए।
महासंघले सार्वजनिक गरेको १५ बुँदे निर्णय मा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, सरकारसँग भएका सबै सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बालविकास शिक्षक, विद्यालय कर्मचारी र राहत शिक्षकका सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने, दुर्गम तथा स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने, अस्थायी शिक्षक–कर्मचारीका समस्या समाधान गर्नुपर्ने लगायतका माग समेटिएका छन्।
महासंघले सरकारले पटक–पटक वार्तामा प्रतिबद्धता जनाए पनि व्यवहारमा कार्यान्वयन नगरेको निष्कर्ष निकाल्दै अब आन्दोलन नै अन्तिम विकल्प बनेको जनाएको छ। शिक्षकका जायज मागप्रति सरकारले पुनः बेवास्ता गरे देशभर सशक्त आन्दोलन चर्किने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने महासंघको चेतावनी छ।
शिक्षक महासंघको यो घोषणासँगै भदौ महिनादेखि शिक्षा क्षेत्रमा फेरि आन्दोलनको माहोल बन्ने संकेत देखिएको छ। अब सरकार वार्ताबाट समस्या समाधान गर्ने कि आन्दोलनको सामना गर्ने भन्ने विषयले शिक्षा क्षेत्रको आगामी दिशा तय गर्ने देखिन्छ।
ताजा अपडेट
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया