यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्कायले स्नातकोत्तर तह प्रथम सेमेस्टरको १८ साउनमा सञ्चालन हुने परीक्षा सात वटा परीक्षा केन्द्रमा स्थगित गरेको छ।
डिनको कार्यालयले आइतबार जारी गरेको सूचनाअनुसार देशका केही स्थानमा पछिल्ला दिनमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै ती केन्द्रमा तय भएका परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको हो। यद्यपि ११ साउनदेखि देशभर सञ्चालन भइरहेको परीक्षा अन्य तोकिएका केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने जनाइएको छ।
स्थगित गरिएका परीक्षा केन्द्रहरू:
- महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, सप्तरी
- नेसनल पिपुल कलेज, सप्तरी
- रामप्रताप रामप्रसाद तामाङ बहुमुखी क्याम्पस, सिरहा
- जेएस मुरारका क्याम्पस, सिरहा
- रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, धनुषा
- ठाकुरराम बहुमुखी क्याम्पस, पर्सा
- जनज्योति बहुमुखी क्याम्पस, रौतहट
डिन कार्यालयले सम्बन्धित परीक्षार्थीलाई अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित भएको जानकारीमा ध्यान दिन तथा आगामी निर्णयका लागि विश्वविद्यालयबाट प्रकाशित आधिकारिक सूचना नियमित रूपमा हेर्न अनुरोध गरेको छ।
ताजा अपडेट
- यी ७ परीक्षा केन्द्रमा स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा स्थगित
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया