काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
काठमाडौं विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. विवेक बरालले पाएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार बराललाई उपकुलपति नियुक्त गरेका हुन्।
उपकुलपति छनोटका लागि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित समितिले बरालसहित तीन जना प्राध्यापकको नाम सिफारिश गरेको थियो। समितिको सिफारिशमा प्रा.डा. बालचन्द्र लुइटेल र प्रा.डा. राजेन्द्र जोशी पनि थिए।
काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ पृष्ठभूमिका बराल लामो समयदेखि विश्वविद्यालयको प्राज्ञिक तथा अनुसन्धान क्षेत्रमा सक्रिय छन्। उनी विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागमा प्राध्यापकका रूपमा कार्यरत छन्। केयूको दोस्रो ब्याचका इन्जिनियरिङ विद्यार्थीसमेत रहेका उनले यही संस्थामा आफ्नो विद्यार्थी जीवनदेखि प्राध्यापन र अनुसन्धानसम्मको लामो यात्रा तय गरेका छन्।
बरालले जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर तथा न्यूजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन्। उच्च शिक्षा पूरा गरेपछि नेपाल फर्किएका उनी सन् १९९९ मा काठमाडौं विश्वविद्यालयमा लेक्चररका रूपमा आबद्ध भएका थिए। करिब २७ वर्षभन्दा लामो प्राज्ञिक यात्रापछि उनी सन् २०१८ मा विश्वविद्यालयका प्राध्यापक बने।
प्राध्यापनसँगै बराल अनुसन्धानका क्षेत्रमा पनि सक्रिय छन्। उनले धुलिखेल र विराटनगरका परम्परागत तथा आधुनिक भवनमा तापक्रम व्यवस्थापन, ऊर्जा खपत र भित्री वातावरणको सहजतासम्बन्धी प्राविधिक अध्ययन गरेका छन्।
त्यस्तै, विद्युतीय सवारी साधनमा प्रयोग हुने ब्याट्रीको ताप व्यवस्थापन उनको अनुसन्धानको अर्को महत्वपूर्ण क्षेत्र हो। ब्याट्री अत्यधिक तात्न नदिन तथा विद्युतीय सवारीको कार्यक्षमता सुधार गर्न नानोफ्लुइड्सको प्रयोगसम्बन्धी अनुसन्धानमा समेत उनी संलग्न छन्।
विश्वविद्यालयको प्राध्यापक संघको नेतृत्वसमेत गरिसकेका बरालले प्राध्यापक तथा शैक्षिक क्षेत्रका हकहितका विषयमा भूमिका निर्वाह गरेका थिए। प्राध्यापन, अनुसन्धान र विश्वविद्यालयको आन्तरिक शैक्षिक नेतृत्वमा लामो अनुभव भएका बराल अब काठमाडौं विश्वविद्यालयको समग्र नेतृत्व गर्ने जिम्मेवारीमा पुगेका छन्।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया