आफ्ना दर्जन कवितासँगै गुञ्जिइन् जयन्ती ‘स्पन्दन’

काठमाडौं । नेपाली कला साहित्यमा गुञ्जिरहेको एउटा नाम हो– जयन्ती सत्याल (स्पन्दन) । ‘स्पन्दन’ उनको साहित्यिक नाम हो । जसले हृदयको कम्पन, धड्कन अर्थात् ढुकढुकी अर्थ दिन्छ । हो, यिनै स्पन्दन शनिबार एक साहित्यिक कार्यक्रममा कवितासँगै गुन्जिइन् ।
राष्ट्रिय जनसाहित्यिक संघ नेपालको ८६ औँ ‘अविरल जनसाहित्य यात्रा’ को शृंखलामा कवि स्पन्दनले एक दर्जन कवितासहित प्रस्तुत भएकी थिइन् । ‘ऐँठन’, ‘शैलुङ परिदृश्य’, ‘छोरा, छोरा र छोराहरू नै’, ‘टीकापुर घटना र खण्ड खण्ड त्रासदी’, ‘परिवेश अनिष्टको’, ‘मनभरि कुँदिएको छ खाँदबारी’, ‘जनआह्वान’, ‘महिला समानता एकपटक सबै भन्नुपर्छ’ शीर्षकका कवितामा स्पन्दन अविरल बगेकी थिइन् । जसले दर्शकदिर्घालाई कविताले मन्त्रमुग्ध पारेको थियो ।
कविता वाचनमा उनलाई कवि डा. जया सत्यालले सहयोग गरेकी थिइन् । उनले ‘इतिहासको मानवता’ शीर्षकको, रूपक अलङ्कारले ‘आन्दोलन’ शीर्षकको, जयन्ता पोखरेलले ‘मौन सडक र मानिसहरू’ शीर्षकको र प्रशान्त खरेलले ‘उभिएको छ समय तिम्रोअगाडि’ शीर्षकका कविता वाचन गरेकी थिइन् ।
कविता सुनिसकेपछि कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सरल तरिकाले गम्भीर भाव कवितामा सम्प्रेषण गर्न सकिँदोरहेछ भन्ने प्रमाणित भएको टिप्पणी गरे । ‘कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्न सकिँदोरहेछ भन्ने अनुभूति कविता सुनिसकेपछि भयो,’ उनले भने ।
त्यस्तै, वाचित कवितामाथि टिप्पणी गर्दै समीक्षक डा. रजनी ढकालले स्पन्दनका कवितामा आमा, छोरी हुँदै देश आएको छ र पुस्तान्तरणको कुरा आएको र देश बनाउनेहरू स्वार्थप्रेरित भएकामा कवितामा चिन्ता गरिएको टिप्पणी गरिन् ।
सङ्घका अध्यक्ष राम विनयले २०७० चैत १४ देखि तत्कालीन राष्ट्रिय जनसाहित्यिक मञ्चका संस्थापक अध्यक्ष डा. मोदनाथ प्रश्रितबाट थालनी गरिएको ‘अविरल जनसाहित्य यात्रा’को ८६औँ शृङ्खला आइपुगेको जानकारी दिए ।
शृङ्खलाका संयोजक डा. हरिप्रसाद सिलवालले प्रगतिशील एवं प्रगतिवादी चेतनाका साथ साहित्य सृजना गर्ने जयन्तीले कविता, वक्तृत्व, एकाङ्की, समालोचना, बालसाहित्यमा निरन्तर कलम चलाइरहेको बताए ।
ताजा अपडेट
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया