एपेक्स लाइफ स्कुलमा भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न
काठमाडौं– एपेक्स लाइफ स्कुलमा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । २७ असारमा एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा सो कार्यक्रम विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।
२१२ औँ भानुजयन्तीको अवसरमा आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगितामा २२ वटा स्कुलको सहभागिता रहेको थियो । सो कार्यक्रममा रातोबङ्गला स्कुलकी छात्रा गार्गी थापाले प्रथम स्थान,काठमाडौं प्रज्ञान कुञ्ज स्कुलका छात्र अवसर सुवेदीले द्वितीय स्थान,पाठशाला स्कुलकी छात्रा प्रियान्सी बुढाथोकीले तृतीय स्थान हासिल गरे भने रिलायन्स इन्टरनेशनल स्कुलकी छात्रा आलिया खड्का र आई जोसेफ स्कुलकी छात्रा भावना बरालले सान्त्वना पुरस्कार पाए । छन्दोबद्ध कविता वाचन प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा नगद पुरस्कार वितरण प्रदान गरिएको थियो ।
निर्णायकको भूमिकामा बलराम दाहाल, प्रभाती किरण,भवानी खतिवडाले निर्वाह गरेका थिए । असार २७ गते विद्यालयको प्राङ्गणमा सञ्चालित उक्त कार्यक्रम बिहान १०ः३० बजेदेखि प्रारम्भ भई दिउसो ३ः०० बजेसम्म चलेको थियो । विद्यालय स्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता कार्यक्रममा प्रतिस्पर्धी विद्यार्थीहरूले विभिन्न छन्दमा कविता वाचन गरेर कार्यक्रम थप रोचक बनेको थियो । विशेष स्रष्टा सम्मान तथा पुरस्कार र प्रमाण पत्र वितरणको औपचारिक कार्यक्रमको सभापतित्व एपेक्स लाइफ स्कुलका अध्यक्ष सुवास न्यौपानेले गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार प्रा.डा. व्रतराज आचार्यले दीप प्रज्ज्वलन गरी कार्यकमको औपचारिक उद्घाटन गरेका थिए । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको तस्बीरमा टीका तथा माल्यार्पण गरी कार्यक्रमलाई अगाडि बढाइएको थियो । गणेश बन्दना कक्षा ३ का विद्यार्थीहरुले सामूहिक प्रस्तुति गरेर कार्यक्रमकलाई रोचक बनाएका थिए । विद्यालयका प्रधानाध्यापक प्रद्युम्न पौडेलज्युले सम्पूर्ण आगन्तुक अतिथिहरूलाई स्वागत मन्तव्य राखेका थिए ।
कार्यकमको मध्यभागमा विशेष सम्मान कार्यक्रम थियो । उक्त कार्यकममा विशिष्ट साहित्यकार तथा विद्वान प्रा. डा. व्रतराज आचार्यलाई नगद पुरस्कार, सम्मान पत्र सहितको दोसल्ला ओढाएर विद्यालयका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सुवास न्यौपानेज्यूले सम्मान गरेका थिए ।
मन्तव्यको क्रममा प्रा.डा.व्रतराज आचार्यले एपेक्स लाइफ स्कुलको उतरोत्तर प्रगतिको कामना सहित यस विद्यालयले नेपाली भाषालाई जगेर्ना गर्ने उद्देश्य राखेकाले आफू अत्यन्तै खुसी भएको र विद्यालयको नाम एपेक्स जस्तै चुचुरोमा चुम्न सकोस् भन्ने कामना व्यक्त गरे । संस्कृत भाषा पढाइ हुने गरेको थाहा पाउँदा नेपाली भाषालाई अब्बल बनाउने अभियानमा लागेकोसमेत महसुश गरेको बताए ।
त्यसैगरी भानु प्रतिष्ठानका महासचिव रमेश शुभेच्छुज्युले यस्तो भव्य र रोचक कार्यक्रममा प्रा.डा.व्रतराज आचार्यको प्रशंसा जति गरेपनि कमै हुने बताए । सरल स्वभावका प्रा.डा.व्रतराज आचार्यलाई एपेक्स लाइफ र भानु प्रतिष्ठानको संयुक्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा स्वास्थ्य लाभको कामनासमेत गरे । कार्यक्रममा सभाध्यक्षको तर्फबाट कार्यक्रममा बोल्दै सुवास न्यौपानेले भानुभक्तलाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो । भानुभक्तको जन्मजयन्ती अर्थात यो भाषा उत्सवलाई नेपालमा मात्र नभएर हङ्कङ,वर्मा भुटान, दार्जिलिङ्, सिक्किम आसाम, अमेरिका, युरोप र अष्ट्रिलियामासमेत नेपाली भाषीहरुले भव्यताकासाथ भानुलाई सम्मान गर्ने बताए ।
नेपाली साहित्यका धु्रवतारा, एकताका सुत्रधार,एकताका प्रतीक नेपाली भाषालाई नयाँ मोड दिएर भानुभक्त नेपाली भाषीको लागि सदा अमर रहेनछन् भन्ने धारणा राखे । उनका भाषागत संवेदनशीलता, सरलता, मौलिकता,लालित्यतामा ओज अभिव्यक्ति पाइने बताए । भानुजयन्तीलाई मनाउनुको सार्थकता त्यतिबेला मात्र हुनेछ, जतिबेला हामीले यस भानुजयन्तीलाई भाषा, साहित्य, संस्कृति, रीतिरीवाज र यसका मूल्यमान्यता भावनात्मक रुपमा जोड्न सक्नेछौँ । अन्तमा नेपाली भाषीका एकताका प्रतीक, राष्ट्रिय विभूति भानुभक्तप्रति श्रद्धासुमन व्यक्त गरेका थिए ।
हरेक वर्ष भनुजयन्तीका असरमा एपेक्स लाइफ स्कुल र भानु प्रतिष्ठानसँग सहकार्य गर्दै २०६० सालदेखि नेपाली भाषा साहित्यलाई विशिष्ट योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गर्दे आएको स्मरण गरेका थिए । साहित्यकारहरू देवु लुइटेल,दिल कार्की, देबी बराल,सविता बराल,इन्दिरा दाहालले रचना वाचन गरेर कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । कार्यक्रको समापनमा बोल्दै भानु प्रतिष्ठानका अध्यक्ष डा.नवराज लम्सालले नेपाली भाषा, नेपाली आमा र नेपाली माटोलाई विशेष सम्मान गर्नुपर्छ भन्ने शुभेच्छासहित कार्यक्रमलाई समापन गरेका थिए ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया