Techie IT
  • मंगलबार, भदौ २, २०८३ / Tuesday, August 18, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारकृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत

समाचार

कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत


काठमाडौं—कृषि तथा वन विज्ञान विश्वविद्यालय एक अर्ब ६८ करोड ९३ लाख रूपैयाँको बजेट स्वीकृत भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको विश्वविद्यालयको १४ औ सिनेट बैठकले आगामी आर्थिक वर्षका लागि उक्त बजेट पारित गरेको हो ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पुष्करबहादुर पालद्वारा प्रस्तुत बजेट र कार्यक्रम स्वीकृत गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तरीय सुनिश्चितताका साथै बिजनेश इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताए ।

कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालय÷प्रतिष्ठानहरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि विश्वविद्यालयको सभा राखिएको हो ।

मंगलबारमात्रै मात्र चार विश्वविद्यालय–प्रतिष्ठानहरुको सिनेट सम्पन्न भएको छ भने बुधबारका लागि बाँकी दुई विश्वविद्यालयको बैठक तय भएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको