आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
काठमाडौं । आन्दोलनमा घुसपैठ गरेको भन्दै शिक्षकहरुहरुको आक्रमणमा परेका व्यक्ति विद्यालयको कार्यालय सहयोगी भएको पुष्टि भएको छ । आइतबार विजुलीबजारमा शिक्षकहरुको आन्दोलनलाई घुसपैठ गरेको भन्दै शिक्षकहरुले आक्रमण परेका व्यक्ति सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बास्थित बोल्दे आधारभूति विद्यालयका कार्यालय सहयोगी पेम्बा नुर्बु तामाङ रहेको पाइएको हो ।
नुर्बु केही दिन अघि मात्र शिक्षकहरुको आन्दोलनमा सहभागी हुन सिन्धुपाल्चोकबाट काठमाडौं आएका थिए । आइतबार शिक्षकहरुको आन्दोलनमा सहभागी भइरहेका बेला उनीमाथि शिक्षकहरु जाइलागेका हुन् ।
आन्दोलनमा घुसपैठ गरेको भन्दै शरीरका कपडासमेत च्यातेर उनीमाथि शिक्षकहरुले कुटपिट गरेका थिए । तामाङ नेपाल विद्यालय कर्मचारी परिषद् सिन्धुपाल्चोकको कार्यसमिति सदस्य समेत रहेको पाइएको छ । उनीमाथि शिक्षकहरुले हल्लाको भरमा आक्रमण गरेको भन्दै नेपाल शिक्षक कर्मचारी परिषद् बागमती प्रदेशले आपत्ति जनाएको छ ।
परिषद् बागमती प्रदेशका उपाध्यक्ष दीपक खतिवडाले लहैलहैमा आन्दोलनकारीले आन्दोलनमै सामेल भएका कर्मचारीलाई कुटपिट गर्नु आपत्तिजनक कुरा रहेको बताए । ‘पेम्बा नुर्बुमाथि घुसपैठको आरोप लगाउँदै जसरी कुटपिट गरिएको छ यो निन्दनीय छ,’ उनले भने, ‘यो दादागिरी शैली र अमानवताको पराकाष्ठा हो ।’
तामाङलाई जोगाउन खोज्दा शिक्षकहरुले आफूमाथि पनि प्रहार गरेको उनको भनाइ छ ।
ताजा अपडेट
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया