माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
काठमाडौं । पुरानोबानेश्वरस्थित माट्रीका आइ सेन्टरले इम्प्याक्टेबल फाकिक कन्ट्याक्ट लेन्स (आइपीसीएल) प्रविधिमार्फत शल्यक्रिया गरी एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त गराएको छ । टाढाको दृश्य नदेख्ने (मायोपिक) ती व्यक्तिलाई माट्रिकाले माइनस २६ पावरको चश्माबाट सदाका लागि मुक्त गराएको हो ।
आइपीसीएल प्रविधिले माइनस २७ पावरसम्मको चश्मा लगाएका बिरामीहरुको सफल शल्यक्रिया गर्न सकिन्छ । तीन महिनाअघिबाट सुरु भएको आइपीसीएल प्रविधिमार्फत माट्रिकाले हालसम्म माइनस २६, माइनस २०, माइनस १६, माइनस १४ र माइनस १९ पावरको चश्मा प्रयोग गरिरहेका बिरामीको सफल शल्यक्रिया गरी चश्मामुक्त गराएको छ ।
सेन्टरका डा. सुजल श्रेष्ठको समूहले आइपीएसएल प्रविधिमार्फत बिरामीहरुको शल्यक्रिया गर्दै आएको छ । यस प्रविधिमार्फत हालसम्म ८ जनाको सफल शल्यक्रिया भइसकेको सेन्टरले जनाएको छ ।
माट्रिका आइ सेन्टर पछिल्लो समय विशेषगरी लेजर सर्जरीमा प्रख्यात छ । यद्यपि, सबै बिरामीको लेजर सर्जरीमार्फत उपचार गर्न सम्भव हुँदैन । लेजर सर्जरी गर्न अयोग्य बिरामीका लागि आइपीसीएल प्रविधि वरदान साबित भइरहेको सेन्टरले जनाएको छ ।
के हो आइपीसीएल प्रविधि ?
आइपीसीएल प्रविधि जसले मानिसलाई कन्ट्याक्ट लेन्स वा चश्मा लगाउने झन्झटलाई मुक्त गराउन सहयोग गर्छ । यसले सबै प्रकारका दृष्टिसम्बन्धि समस्यालाई समाधान गर्नसक्दछ । उच्च मायोपिक, एस्टिग्माटिज्म भएका बिरामीहरुलाई यो प्रविधिमार्फत उपचार गराइन्छ । साथै, आधुनिक लेजर पद्धतिका अयोग्य भएका बिरामी अर्थात आँखा सुख्खा भएका नानी मोटो वा पातालो भएका बिरामीहरुलाई आइपीसीएल प्रविधिमार्फत उपचार गर्न सकिन्छ ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया