रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
काठमाडौं- कपनस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४ जीपीए प्राप्त गरेका छन् । शुक्रबार बोर्डले सार्वजनिक गरेको नतिजामा एकेडेमीका १९ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका हुन् ।
रिलायन्सबाट २०८१ सालको एसईई परीक्षामा १०२ जना विद्यार्थी सहभागि भएका थिए । जसमध्ये ४ जीपीए ल्याउने १९ जनासहित ९७ जनाले ३.६० देखि ४ जीपीएसम्म ग्रेड ल्याएको एकेडेमीका प्रिन्सिपल खेमलाल भुसालले जानकारी दिए । ‘५ जनाले ३.२० देखि ३.६० सम्म जीपीए प्राप्त गर्नुभएको छ,’ उनले भने ।
२०८० सालको एसईई परीक्षामा पनि ५ जनाले ४ जीपीए प्राप्त गरेका थिए । निरन्तर एसईईमा अब्बल नतिजा ल्याउँदै आएको रिलायन्स गत वर्ष संस्थागत विद्यालयतर्फ बागमती प्रदेशकै दोस्रो भएको थियो । त्यसअघि २०७९ सालमा रिलायन्स बागमती प्रदेशकै प्रथम भएको थियो । जसबापत रिलायन्सलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मानित समेत गरेको थियो ।
त्यस्तै, २०७५ सालमा रिलायन्स नेपालभरमै प्रथम भएको थियो भने २०७० सालको एसएलसी परीक्षामा बोर्ड टप भएको थियो । २०७० सालको एसएलसीमा संजोग कार्की बोर्ड प्रथम भएको भुषालले जानकारी दिए ।
यसरी अब्बल नतिजा ल्याउनका लागि रिलायन्सले के गर्छ ? प्रिन्सिपल भुषाल भन्छन्, ‘हाम्रो विद्यार्थी केन्द्रीत सिकाइ नै अब्बल नतिजाको कारण हो ।’
रिलायन्सले हरेक कक्षाका कमजोर र राम्रा विद्यार्थीलाई बेलैमा पहिचान गरी बेग्लाबेग्लै शिक्षण बिधि अपनाएर अध्यापन गराउने गरेको भुषाले बताए । ‘हामीले विद्यार्थीहरुको कमजोरीलाई बेलैमा पहिचान गर्छौं,’ उनले भने, ‘त्यसपछि उनीहरुको क्षमता अनुसारको शिक्षण विधि अपनाएर अध्यापन गराउँदै आएका छौँ ।’
त्यसैगरी विभिन्न चरणमा लिइने तहगत परीक्षाले पनि नतिजा सुधार गर्न सहज बनाएको उनको भनाइ छ । अभिभावकसँग निरन्तर छलफल, समूहगत छलफल, स्रोत संकलन जस्ता कुरा रिलायन्सका अब्बल नतिजाका कारण हुन् ।
बाेर्डले सार्वजनिक गरेको नतिजामा देशभरबाट ४८ हजार १ सय ७७ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरेका छन् । त्यस्तै, ८१ ह्जार ३ सय ८५ जना विद्यार्थीले ३.२० देखि ३.६० जीपीए प्राप्त गरेका छन् । भने, २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८९ हजार १ सय २४ रहेको छ । त्यस्तै, ४८ हजार ४ सय ७८ जना विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन् । २.० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ रहेको छ भने १.६० देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ । १ लाख ६७ हजार ५ सय ९७ विद्यार्थी भने नन ग्रेडेड भएका छन् ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया