Techie IT
  • बिहीबार, असार २६, २०८२ / Thursday, July 10, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारचैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी

चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ । बोर्डको आइतबार बसेको बैठकले चैत १५ गतेदेखि २७ गतेसम्म परीक्षा सञ्चालन गर्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले एजुकेशनसमाचारलाई जानकारी दिए ।

शर्माका अनुसार पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने छ । विद्यालय शिक्षा विधेयकमा एसईई खारेज गर्ने प्रावधान राखेपनि विधेयक पास भएर कानुन बन्न नसक्दा यसवर्ष एसईई परीक्षाका लागि बोर्डले एसईईको मिति तोकेको हो ।

यद्यपि, बोर्डले भने एसईई परीक्षा हटाउन नहुने भन्दै आएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको