कक्षा १२ को परीक्षा आजदेखि सुरु, ३ लाख ९० हजार ८४७ परीक्षार्थी सहभागी

काठमाडौं—कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । शुक्रबार विहान ८ बजेदेखि देशभरमा एकैसाथ शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
विहान ८ बजे सुरु भएको परीक्षा दिउँसो ११ बजेसम्म संचालन हुनेछ । ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा संचालन भइरहेको परीक्षा २८ बैशाखमा सकिनेछ । जापानस्थित एउटा केन्द्रबाट पनि कक्षा १२ को वार्षिक परीक्षा संचालन भइरहेको छ ।
कक्षा १२ को परीक्षामा नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्रा गरी ३ लाख ९० हजार ८४७ जना परीक्षार्थी सहभागी छन् । ग्रेडवृद्धितर्फ भने १ लाख ६५० जना विद्यार्थी सहभागी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
देशभरका ५ हजार ५४२ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।
ताजा अपडेट
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
- बोर्डको बैठक बोलाइयो, एसईईको नतिजा प्रकाशनबारे निर्णय लिने
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया