त्रिविको उपकुलपतिका लागि कति जनाको पर्यो आवेदन ?
काठमाडौं । लामो रस्साकस्सीका बीच आवेदन खुलाइएको त्रिविको उपकुलपति पदमा हालसम्म १६ जनाले आवेदन दिएका छन् । उपकुलपति सिफारिस समितिका एक सदस्यका अनुसार आइतबारसम्म १६ जनाको आवेदन परेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिले सोमबारसम्मका लागि आवेदन दिन मिति तोकिएको छ । उसो त सोमबारसम्म अझै आवेदन पर्न सक्ने ती सदस्यले जानकारी दिए ।
आज आइतबार त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, परीक्षा बोर्डका पूर्व अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आवेदन दिएका छन् । यी बाहेक अन्य व्यक्ति क–कसले आवेदन दिए भन्ने बारे समितिले खुलाउन चाहेन ।
उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल १६ कात्तिक २०८० मा सकिएपछि शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनी समेत उपकुलपतिको रेसमा छन् । भिसीका लागि अन्य प्राध्यापकहरूले समेत तयारी गरेका छन् ।
उपकुलपति नियुक्तिका लागि पहिलोपटकको दरखास्त आह्वानमा विरोध भएपछि २३ पुसमा दोस्रो पटक सूचना निकालेको थियो । पहिलो पटक २० पुसमा सार्वजनिक गरेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलोचना भएको थियो ।
त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले पहिलो पटक प्रकाशन गरेको विज्ञापन रद्द गरी दोस्रो पटक सूचना निकालिएको थियो ।
ताजा अपडेट
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया