राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा सक्रिय रूपमा संलग्न भएको भन्दै सिन्धुलीमा चार जनामाथि कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित स्थानीय तहलाई पत्राचार गरिएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्र पठाउँदै ती शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्न अनुरोध गरेको हो ।
एकाइका अनुसार सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट प्राप्त जानकारी तथा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको छ । कारबाहीका लागि सिफारिस गरिएकामा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिना रहेका छन् ।
एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा शिक्षक तथा कर्मचारीको उक्त गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने उल्लेख गरिएको छ ।
स्थानीय तहलाई कारबाहीको जिम्मेवारी
शिक्षा विकास तथा समन्वय एकाइले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै आरोपित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । पत्रअनुसार दुधौली नगरपालिका नगर कार्यपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिका गाउँ कार्यपालिकालाई यसबारे जानकारी गराइएको हो ।
साथै, सम्बन्धित स्थानीय तहले गरेको कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउन समेत भनिएको छ । पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई समेत दिइएको छ ।
सामाजिक सञ्जालबाट समेत निगरानी
शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको विषयमा पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक हुने सामग्रीसमेत आधार बन्न थालेको देखिन्छ । सिन्धुलीमा पनि सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा चार जनाको राजनीतिक गतिविधिमा संलग्नता देखिएको भन्दै स्थानीय तहलाई पत्राचार गरिएको हो । यद्यपि, पत्रमा उल्लेख गरिएका व्यक्तिहरूमाथि अन्तिम कारबाही हुनुअघि सम्बन्धित स्थानीय तहबाट प्रचलित कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
ताजा अपडेट
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया