Techie IT
  • सोमबार, असोज २७, २०८२ / Tuesday, October 14, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठकलेजएसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, पूरक परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ८३ हजार ५६४ जना उत्तीर्ण (ग्रेड प्राप्त) भएका छन्।

यस वर्षको पूरक परीक्षामा कुल १ लाख ४३ हजार २५७ विद्यार्थीले सहभागिता जनाएका थिए। तीमध्ये ५९ हजार ६९३ जना भने अनुत्तीर्ण (अवर्गीकृत) भएका बोर्डले जनाएको छ।

गत वैशाखमा सम्पन्न वार्षिक एसइईमा दुई विषयसम्म ‘नन-ग्रेडेड’ भएका तथा परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि पूरक परीक्षा गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो।



तपाईको प्रतिक्रिया

धेरैले पढेको