Techie IT
  • सोमबार, असोज २७, २०८२ / Tuesday, October 14, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठशिक्षा समाचारसीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि

सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि


काठमाडौं । जेनजी आन्दोलनका क्रममा विद्यार्थीहरूको उत्तरपुस्तिका जलेर नष्ट भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पुनः परीक्षा सञ्चालन गर्ने भएको छ।

सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार सो परीक्षा मंसिर ४ गतेदेखि सुरु हुनेछ ।

जेनजी आन्दोलनका क्रममा परिषद्को झन्डै १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेर नष्ट भएका थिए। ती उत्तरपुस्तिकामध्ये डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका विद्यार्थीका परीक्षा समावेश छन्।

आचार्यका अनुसार ती उत्तरपुस्तिका प्रहरी कार्यालयमा सुरक्षार्थ राखिएको अवस्थामा जलेका हुन्।



तपाईको प्रतिक्रिया

धेरैले पढेको