सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
काठमाडौं-चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु भएको छ । शुक्रबार कलेज प्रांगणमा आयोजित एक समारोहमाझ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का सदस्यसचिव डा. रवीन्द्रप्रसाद ढकालले साइन्स एण्ड आईटी एक्स्पोको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दैं कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. ढकालले विज्ञान प्रविधीका योजना बनाउँदा किताबबाट बाहिर निस्कुपर्ने बताए । ‘विज्ञानका योजना बनाउँदा किताबबाट बाहिर निस्कनुपर्छ, किताबमा सबै कुरा लेखेको हुँदैंन,’ उनले भने, ‘समाज चिन्नुपर्छ, समाजका समस्या बुझ्नुपर्छ ।’ उनले कुनै पनि उमेर, समूह र समयमा पनि विज्ञानका लागि योजना गर्न सकिने बताए ।
सबै प्रयासहरु सफल नहुने बताउँदैं उनले विज्ञानका क्षेत्रमा निरन्तरको प्रयासबाट मात्रै सफलता प्राप्त हुने धारणा व्यक्त गरे । विज्ञानका क्षेत्रमा केही गर्न चाहनेहरुका लागि नाष्टले मेकर्स स्पेश उपलब्ध गराउने गरेको उल्लेख गर्दै उनले अन्वेषणका लागि आर्थिक सहायतासमेत प्रदान गरिरहेको जानकारी दिए । डा. ढकालले सेन्ट लरेन्स कलेजले गरेको प्रयासको समेत सराहना गरे ।
सेन्ट लरेन्स कलेजका प्रिन्सिपल ताराप्रसाद सुवेदीले हरेक वर्ष सेन्ट लरेन्स कलेजले साइन्स एण्ड आईटी एक्स्पो गर्दै आएको जानकारी दिए । उनले विद्यार्थीलाई पढाइसँगै अनुसन्धानमा संलग्न गराउनु यसको लक्ष्य भएको जानकारी दिए ।

‘यो कार्यक्रम प्रतिभाको डबली हो । युवा वैज्ञानिक उत्पादन गर्न कलेज सदैव लागिरहने छ,’ उनले भने, ‘हामीले गरिरहेको यो एक्स्पोबाट सहभागी विद्यालय र विद्यार्थीहरुलाई पनि उत्प्रेरणा मिलोस भन्ने हामी चाहन्छौं ।’
सेन्ट लरेन्स क्याम्पसका प्रिन्सिपल पुरुषोत्तम महर्जनले एक्स्पो इनोभेसन र आइडियाहरुको सो केस भएको बताए । उनले अन्य स्कुलहरुको सहभागिताले एक्स्पो वृहत बनेको बताए ।
शुभकामना मन्तव्य राख्दैं प्रोग्रेसिभ एजुकेशनकी अध्यक्ष सिता भट्टराईले सेन्ट लरेन्स कलेजले हरेक क्षेत्रमा महत्वपूर्ण उपस्थिती जनाइरहेको बताइन् । उनले साइन्स एण्ड आईटी एक्स्पोमार्फत कलेज नेपालमै उत्कृष्ट कार्य गरेको भन्दैं शुभकामना दिइन् ।
१९ मंसिरबाट सुरु भएको सेन्ट लरेन्स साइन्स एण्ड आईटी एक्स्पो २१ मंसिरसम्म चल्नेछ । एक्स्पोमा ३२ वटा स्कुल सहभागिता रहेको छ । ती स्कुलका विद्यार्थीहरुले विकास गरेका प्रोटो टाइपहरुलाई प्रतिस्पर्धा गराएर अन्तिममा तीन वटा उत्कृष्ट प्रोटो टाइपलाई पुरस्कृत गरिने प्रिन्सिपल दाहालले जानकारी दिए । प्रोटो टाइपको मुल्यांकनका लागि कलेजले प्रा.डा. नेत्रलाल भण्डारी र अर्जुन आचार्य रहेको निर्णायक समिति समेत बनाएको छ ।
कार्यक्रमको अध्यक्षता कलेजका अध्यक्ष केशव दंगालले गरेका थिए । नेपाल पोलिमर इन्स्टिच्युटका अध्यक्ष प्रा.डा. रामेश्वर अधिकारी विशिष्ट अतिथी रहेको कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका प्रिन्सिपलहरु अतिथी रहेका थिए ।
सन् १९९७ मा स्थापना भएको सेन्ट लरेन्स कलेजमा अहिले ४ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको कलेजको अध्यक्ष केशव दंगालले जानकारी दिए ।
ताजा अपडेट
- नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सञ्चालनका लागि नवीकरण सम्झौता
- सेन्ट लरेन्स कलेजमा तीन दिने साइन्स एण्ड आईटी एक्स्पो सुरु
- विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी
- आईआईएमएस २.० विधिवत् उद्घाटन : नेपालमा विश्वस्तरीय शिक्षाको सुरुवात
- शिक्षामन्त्री पुनले जेनजीको माग पुरा गर्न सक्दिन भनेपछि…
- सीटीईभीटीको सर्टिफिकेट र ट्रान्सक्रिप्टमा क्यूआर कोड
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया