समाचार
‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
काठमाडौं—द ब्रिटिश कलेजले आफ्ना पूर्व विद्यार्थीहरूलाई एकै थलोमा भेला गराउने र उनीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ गत २३ जनवरी २०२६ मा àएलुम्नाई मिट तथा नेटवर्किङ सेसन २०२६’ भव्य रूपमा आयोजना गरेको छ।
कार्यक्रमको औपचारिक सुरुवात टीकेजीका कन्ट्री डाइरेक्टर अरुण कुमार कँडेलको स्वागत मन्तव्यबाट भएको थियो । उनले सशक्त र एकीकृत नेपाली एलुम्नाई समुदाय निर्माणको आवश्यकतामा जोड दिए।
कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले सञ्चालन गरेको ‘टुगेदर वी आर स्ट्रङ्गर’ शीर्षकको विशेष सत्र र ऊर्जाशील सांस्कृतिक नृत्य प्रस्तुतिले सहभागीहरूमा उत्साह थपेको थियो। त्यस्तै, पूर्व विद्यार्थीहरू आशिष आचार्य र योङ जिन होङले प्रेरणादायी की–नोट मन्तव्य दिँदै आफ्ना व्यावसायिक यात्रा र सफलताका अनुभवहरू साझा गरेका थिए ।
औपचारिक सत्रलाई सम्बोधन गर्दै कलेजका आईटी सल्लाहकार जोन पार्क (पूर्व प्रोडक्ट हेड—गुगल) ले पेशागत नेटवर्कको महत्त्व दर्शाए।

कार्यक्रमको समापन गर्दै द ब्रिटिश कलेजका सीईओ राजन कँडेलले कलेजले हालसम्म ३ हजारभन्दा बढी विश्वस्तरीय जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै संस्थाको भविष्य निर्माणमा पूर्व विद्यार्थीहरूको भूमिका निर्णायक हुने बताए। उनले नयाँ एलुम्नाई एसोसिएसन गठनका लागि दर्ता भई सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्दै, यसले मेन्टरसिप र व्यावसायिक अवसर सिर्जनामा ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पुराना सम्झनालाई समेटिएका विभिन्न भिडियो प्रदर्शन, सांस्कृतिक नृत्य प्रस्तुतिहरू तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेस गरिएको थियो।
ताजा अपडेट
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया