एसईई नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती सरकारबाट पुरस्कृत
काठमाडौं । बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा एकेडेमीलाई पुरस्कृत गरेको हो ।
गत वर्ष रिलायन्सबाट १ सय १६ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३.७६३४ औसत जीपिए प्राप्त गर्दै रिलायन्स बागमती प्रदेशभरमै प्रथम बनेको हो । मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागि गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जीपीएलाई सुत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपनमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसी र २०७५ सालको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियो ।
आधुनिक शिक्षण सिकाई, अनुभवी शिक्षक शिक्षिक, कुशल व्यवस्थापक, अनुशासित शैक्षिक वातावरण, आकर्षक भौतिक पूर्वाधार जस्ता कुराले वर्षेनी रिलायन्स एकेडेमीले उत्कृष्ट नतिजा हात पार्ने गरेको रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापा बताउँछन् । ‘हामीले यो जुन सफलता पाएका छौँ त्यसको श्रेयको भागिदार शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक सबै हुनुहुन्छ,’ उनले भने, ‘यो अवसरमा हाम्रो विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।’

संस्थागत विद्यालयअन्तर्गत दोस्रो स्थानमा बालुवाटारस्थित विज् किड्स इन्टरनेशनल स्कुल र तेस्रो स्थानमा गोंगबुस्थित फ्लुरेसेन्ट सेकेण्डरी स्कुल रहेका छन् । त्यस्तै, सार्वजनिक विद्यालयअन्तर्गत भने भक्तपुर तेखापुखुस्थित मेघा माध्यमिक विद्यालय पुरस्कृत भएको छ ।
ताजा अपडेट
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
- अरूको नाममा एसईई दिने नक्कली परीक्षार्थी मकवानपुरमा पक्राउ
- कक्षा ८ को परीक्षामा उत्कृष्ट नतिजासहित चिरायु एकेडेमी शंखरापुर नगरपालिकामै प्रथम
- आजबाट एसईई परीक्षा सुरु
- एसईई उत्तरपुस्तिका परीक्षणको नयाँ व्यवस्था: तीन दिनभित्र जाँचिसक्नुपर्ने, लापरवाही गरे कारबाही हुने
- एसईईको नयाँ निर्देशिका जारी: यस्तो छ केन्द्राध्यक्षको जिम्मेवारी
- भोलिदेखि एसईई परीक्षा, देशभर तयारी पूरा, परीक्षा सकिएको एक महिनाभित्र नतिजा
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया