तेस्रो रिलायन्स साइन्स फेयर सुरु, ५ हजारले अवलोकन गर्ने अनुमान
काठमाडौं । चावहिल सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल कलेजमा उपत्यकाव्यापी तेस्रो विज्ञान प्रदर्शनी सुरु भएको छ । विद्यार्थीलाई सूचना प्रविधिको अन्वेषण तथा प्रवर्दनात्मक कार्यमा लाग्न उत्प्रेरणा भर्ने उद्धेश्यले आज (बिहिबार)बाट प्रदर्शनी सुरु भएको हो ।
शैक्षिक क्रियाकलपाअन्तर्गत सिकाई प्रणालीमा जोड दिँदै वैज्ञानिक खोज, अन्वेषण र प्रयोगमा आधारित प्रदर्शनीलाई काठमाडौं उपत्यकाका ५ हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

प्रदर्शनीको उद्घाटन समारोहलाई प्रमुख अतिथि एवम् आइडीया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले उद्घाटन गरेका हुन् ।
औपचारिक कार्यक्रमको सुरुवातमा संस्थापक निर्देशक, रिलायन्स इन्टरनेशनल कलेजका सहायक प्रधानाध्यापक एवम् संस्कृति विभाग प्रमुख दामोदार निरौला योग ध्यानको महत्व दर्शाउँदै कार्यक्रममा उपस्थित अतिथि, शिक्षक, विद्यार्थीहरुलाई दुई मिनेट ध्यान गराएका थिए ।
त्यस्तै, कार्यक्रममा उपस्थित सम्पूर्णलाई कलेजका संस्थापक निर्देशक एवम् सहायक क्याम्पस प्रमुख नन्दुप्रसाद कुशुवाहले मन्तव्यमार्फत स्वागत गरेका थिए । रिलायन्सले आयोजना गरेको साइन्स फेयर अन्वेषण र नयाँ प्रवर्दनात्मक गर्ने भेला भएको बताए । ‘प्रदर्शनीमा वर्तमान परिप्रेक्षका जल्दोबल्दो समस्यालाई प्रविधिको माध्यमबाट कसरी समाधान गर्न सकिन्छ भन्ने सामग्रीहरु राखिएका छन्,’ उनले भने, ‘विद्यार्थीले विभिन्न स्रोत साधन जुटाएर तयार पारिएका ती सामग्रीमा सुनौलो भविष्य देखिन्छ ।’

यस्तै, कलेजका साइन्स एण्ड आइटी क्लबका अध्यक्ष मुकुन्द खनालले प्रदर्शनीमा ज्ञान प्रदर्शन नगरी नयाँ पुस्ताको भविष्य नै प्रस्तुत गरिएको बताए । ‘हामीले पढेको र सिकेको कुरामा मात्र प्रदर्शनीमा छैन,’ उनले भने, ‘जहाँ नयाँ पुस्ताको भविष्य पनि प्रस्तुत गरिएको छ ।’
यसैगरी, कलेजका संस्थापक सदस्य राजुकमार सिवाकोटीले अब प्रविधिबिनाको जीवन सम्भव नहुने बताए । ‘प्रविधि भनेको सिर्जना हो जो विद्यार्थीलाई विद्यालय तहबाटै सिकाउनुपर्छ भनेर हामीले यो प्रदर्शनीको आयोजना गरेका हौँ,’ उनी भन्दै थिए, ‘हामीले वर्षेनी गर्ने यस्ता प्रदर्शनीले थुप्रै विद्यार्थीहरु सुचना र प्रविधिमा दखल राखी युवा वैज्ञानिकका रुपमा समेत चिनिन थाल्नुभएको छ ।’
कार्यक्रममा बोल्ने क्रममा सिवाकोटीले यस्ता प्रदर्शनीले एकेडेमी र इण्डष्ट्रीबीचको खाडललाई पुर्न सघाउ गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि लामाले नेपालको परम्परागत कुरालाई सम्मान गर्दै ग्लोबल ट्रेण्डलाई फलो गरी इनोभेसन गर्नुपर्ने बताए । साथै, प्रदर्शनीमा राखिएका सामग्रीले मोहित बनाएको उनको धारणा थियो । ‘साइन्स फेयर भनेको टेक्स्टलाई कन्टेक्स्टलाइज गर्नु हो,’ उनले भने, ‘जो आजको प्रदर्शनीमा देख्न सकिन्छ ।’
त्यस्तै, आजको पुस्ता धेरै स्मार्ट भइसकेको बताउँदै उनले भने, ‘आजका पुस्ताले जे गर्छन् ग्लोबलाइजेसन गर्न धेरै समय लाग्दैन ।’

कार्यक्रमका सभापति एवम् रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रविन्द्रजंग थापाले तीन दिने प्रदर्शनीमा उपत्यकाका ४० वटा स्कुल÷कलेजका विद्यार्थीहरु सहभागि हुने बताए । पढाईलाई सिर्जनासँग जोड्ने उद्धेश्यले आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीको सिर्जना र अन्वेषणको अवलोकन गर्न सकिने बताए । ‘अबको पुस्ता धेरै पढेको भन्दा पनि सिर्जनात्मक हुन जरुरी छ,’ उनले भने, ‘अब पढाईलाई डिग्रीसँग होइन सिर्जनासँग दाँज्नुपर्दछ ।’
प्रदर्शनीमा आर्ट, पेन्टिङ, फेस पेन्टिङ, फुड स्टल र रक्त परीक्षण स्टल राखिएको छ । साथै, प्रदर्शनीमा राखिएको ४० वटाभन्दा बढी स्टलमा विद्यार्थीहरुद्वारा निर्मित सामग्रीहरु राखिएका छन् ।
शनिबार सम्पन्न हुने प्रदर्शनीको समापन समारोहमा आन्तरिक अतिरिक्त क्रियाकलापमा विजेताहरुलाई पुरस्कार वितरण र सांगीतिक कार्यक्रमहरुसमेत हुने कलेजले जनाएको छ । सोही दिन रिलायन्स सिङ्गिङ आइडलको ग्राण्ड फिनालेसमेत आयोजना गरिने जनाइएको छ ।
ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया