
काठमाडौं । काठमाडौं विश्वविद्यालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पीएचडी अध्ययनका लागि फेलोसिप दिने निर्णय गरेको छ ।
मेयर शाहले शनिबार सामाजिक संजालमा फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र शेयर गर्दै फेलोसिपका लागि छनोट भएको बताएका हुन् ।
काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडीका लागी आवेदन दिएका उनलाई विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि छनोट गरेको हो ।
काठमाडौं विश्वविद्यालयका अनुसार उनले एसोसिएट प्रोफेसर डा. श्यामसुन्दर खड्काको मातहतमा रहेर पीएचडी गर्ने भएका छन् । शाहले नेवा सम्पदा संरचनामा पीएचडी गर्ने भएका छन्। काठमाडौं विश्वविद्यालयले प्रदान गर्ने केयू रिसर्च फेलोसिपअन्तर्गत मेयर शाहले पीएचडी गर्न लागेका हुन्।
विश्वविद्यालयले फेलोसिप प्रदान गरेपछि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ’मेरो पीएचडीको लागि फेलोशिप प्रदान गर्नुभएकोमा काठमाडौं विश्वविद्यालयलाई धन्यवाद। साथीहरू, अब ३ वर्षमा डा बालेन।’
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया