सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
काठमाडौं– जोरपाटीस्थित सुनौलो भविष्य बोर्डिङ स्कुल (सुभ स्कुल)का रुपेश खत्रीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन् । बोर्डले हिजो शुक्रबार प्रकाशित गरेको नतिजामा खत्रीले ४ जीपीए प्राप्त गरेका हुन् ।
सुभबाट २०८१ सालको एसईई परीक्षामा २७ जना एसर्ईई मा सहभागी भएका थिए । जसमा रुपेशको ४ जीपीएसहित सबै विद्यार्थीले ३.६० देखि ४ सम्म जीपीए अर्थात ‘ए प्लस’ प्राप्त गरेको स्कुलका प्रिन्सिपल साधना खतिवडाले जानकारी दिइन् । ‘विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ क्रियाकलापका कारण यस्तो नतिजा सम्भव भएको हो,’ उनले भनिन्, ‘आगामी दिनमा पनि हामी यस्तै शैक्षिक सफलताका लागि निरन्तर लागिरहनेछौँ ।’
बोर्डले सार्वजनिक गरेको नतिजामा देशभरबाट ४८ हजार १ सय ७७ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरेका छन् । त्यस्तै, ८१ ह्जार ३ सय ८५ जना विद्यार्थीले ३.२० देखि ३.६० जीपीए प्राप्त गरेका छन् । भने, २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८९ हजार १ सय २४ रहेको छ । त्यस्तै, ४८ हजार ४ सय ७८ जना विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन् । २.० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ रहेको छ भने १.६० देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ । १ लाख ६७ हजार ५ सय ९७ विद्यार्थी भने नन ग्रेडेड भएका छन् ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया