Techie IT
  • शनिबार, जेठ ५, २०८१ / Sunday, May 19, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजकक्षा १२ को नतिजा चित्त नबुझे के गर्ने ?

कक्षा १२ को नतिजा चित्त नबुझे के गर्ने ?


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षामा ५१.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
त्यस्तै, ४९.०९ प्रतिशत विद्यार्थीले नन् ग्रेड अर्थात एनजी प्राप्त गरेका छन् । बोर्डका अनुसार २ विषयसम्म एनजी प्राप्त गर्ने विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन् ।

साथै, नतिजामा चित्त नबुझेमा नतिजा प्रकाशन भएको १५ दिनभित्र बोर्डमा पुनर्योग अर्थात रिटोटलिङ गरि पाउँ भनि निवेदन दिनुपर्ने बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

जसका लागि प्रति विषय ५ सय रुपैयाँ लाग्ने छ । उक्त पुनर्योगको नतिजा पनि चित्त नबुझे विद्यार्थीलाई कपि हेर्न दिने व्यवस्था समेत रहेको उनले जानकारी दिए ।



तपाईको प्रतिक्रिया