कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले संघीय मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकको निर्णयअनुसार आज मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसमा हाल प्रचण्ड सरकारको मन्त्री मण्डलमा रहेका सम्पूर्ण मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भने बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ । एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ ।
यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।
थप विवरण तस्बिरमा हेर्नुहोस् :




ताजा अपडेट
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
धेरैले पढेको
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया