कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ?
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले संघीय मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । हालै बसेको मन्त्रीपरिषदको बैठकको निर्णयअनुसार आज मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसमा हाल प्रचण्ड सरकारको मन्त्री मण्डलमा रहेका सम्पूर्ण मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भने बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ । एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ ।
यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।
थप विवरण तस्बिरमा हेर्नुहोस् :




ताजा अपडेट
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया