सेन्ट लरेन्स कलेजको ‘एसईई कप फुटसल’ सम्पन्न, समृद्धी स्कुलले चुम्यो उपाधि
काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजको ‘एसईई कप फुटसल’ प्रतियोगिताको उपाधि समृद्धी स्कुलले चुमेको छ । आज सोमबार चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा सम्पन्न प्रतियोगितामा समृद्धीले इन साइट भिजन सेकेण्डरी स्कुललाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै गत शनिबारबाट सुरु भएको प्रतियोगितामा २९ वटा टीम सहभागि भएका थिए । जसमा प्रथम हुने समृद्धी स्कुलले २५ हजार नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र र २५ हजार नगद पुरस्कारको प्राप्त गरेको छ । त्यस्तै, प्रथम हुने टीमका खेलाडीलाई कक्षा ११ र १२ अध्ययनमा कलेजले पूर्ण छात्रवृत्तिसमेत उपलब्ध गराउने छ ।
त्यस्तै, द्धितीय हुने इन साइट भिजनले ट्रफी, मेडल, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ पुरस्कार पाएको छ । यसैगरी, टीममा सहभागि खेलाडीलाई कक्षा ११ र १२ अध्ययनमा मासिक शुल्क र ल्याब शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, बेष्ट प्लेयर, उच्च अंक प्राप्त गर्ने खेलाडी र बेष्ट किपरलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ । यो तिनवटै उपाधि प्राप्त गर्ने खेलाडी समृद्धी स्कुलकै खेलाडी रहेका छन् ।
यसैगरी, खेलमा सहभागि अन्य २७ वटै टीमका खेलाडीलाई पूर्ण शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने कलेजले जनाएको छ ।
प्रतियोगिताको समापन समारोहमा राष्ट्रिय फुटबल टीमका खेलाडी भरत खवासको प्रमुख आतिथ्यता रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै खवासले भोलिका दिनमा यस्तै प्रतियोगिताहरुले राष्ट्रिय स्तरका खेलाडी जन्माउन सहयोग गर्ने बताए । साथै, फुटबलमै लाग्छु भन्नेहरुका लागि नेपालमा राम्रो सम्भावना रहेको समेत उनले बताए । ‘अहिले अण्डर १७ र २० को छनोटका लागि एन्फाले फारम खुलाएको छ तपाईंहरुमध्ये इच्छुकले भर्न सक्नुहुनेछ,’ उनले भने ।
त्यस्तै, कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले कलेजले विद्यार्थीहरुमा शिक्षाका साथै खेल क्षेत्रमा समेत अघि बढ्न मद्धत मिलोस् भन्ने उद्धेश्यले फुटसल कपको आयोजना गरिएको बताए । ‘गुणस्तरीय शिक्षासँगै खेलकुद भन्ने अवधारणाअनुसार हामीले विभिन्न खेलकुद क्रियाकलापहरु गर्दै आएका छौँ,’ उनले भने, ‘एसईई कप फुटसल पनि त्यसैभित्रको एउटा गतिविधि हो यसलाई हामी आगामी वर्षहरुमा पनि निरन्तरता दिनेछौँ ।’
ताजा अपडेट
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी










तपाईको प्रतिक्रिया