कक्षा १२ मौका परीक्षाको समयतालिका सार्वजनिक, ११ बजेदेखि परीक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मौका परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी भदौ २५ र २६ गते हुने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको तालिकामा २५ गते अनिवार्य अग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको सबै विषयको परीक्षा दिन पाउनेछन् । दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली दुवै विषयमा मौका परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) विषयको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
त्यस्तै, भदौ २६ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुको लागि आफूले परीक्षा दिने विषयहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिनेछन् । यद्यपि, यस दिन अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा सञ्चालन नहुने बोर्डले जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
भदौ १९ गतेभित्र आवेदन फारम बुझाई सक्नुपर्ने
मौका परीक्षा सहभागि हुनका लागि बोर्डले भदौ १९ (बुधबार)सम्म आवेदन फारम बुझाई सक्न सूचना जारी गरेको छ । बोर्डले सार्वजनिक सूचना जारी गर्दै प्रति विषय ६०० शुल्क र बिलम्ब शुल्क १२०० बुझाई सोको भौचर बोर्डका सम्बन्धित कार्यालयमा बुझाउन अनुरोध समेत गरेको छ ।
ताजा अपडेट
- एजुकेशन समाचारका सम्पादक तिमल्सिना सम्मानित
- रिलायन्सद्वारा २३ औँ ब्याचका विद्यार्थीलाई स्वागत २१ औँ ब्याचलाई बिदाइ कार्यक्रम सम्पन्न
- राजनीतिक दलमा आवद्ध शिक्षक कर्मचारीलाई कारवाही गर्ने मन्त्री पुनको चेतावनी
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ७३.४१ प्रतिशत विद्यार्थी ग्रेडेड
- कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक हुँदैं
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया