स्नातकोत्तर अध्ययनका लागि हेल्पले दियो दुई जना विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं– हेलम्बु एजुकेशन एण्ड लाइभ्लीउड पार्टनरसीप (हेल्प) ले स्नातकोत्तर अध्ययनका लागि दुई जना विद्यार्थीलाई जनही १ लाख ६० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले बेलायती संस्था मोण्डो फाउण्डेशनको सहकार्यमा ललितपुरकी शर्मिला तामाङ र रोल्पाका योगेन्द्र घर्ती क्षेत्रीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
हेल्पले उक्त छात्रवृत्तिका लागि गत जुलाई बाट आवेदन आह्वान गरेको थियो । जसमा १३ जनाको आवेदन परेको थियो । त्यसमध्ये ८ जनालाई सर्टलिष्ट गरी अन्तर्वार्ता लिइएको हेल्पका अध्यक्ष जिमी लामाले एजुकेशन समाचारलाई जानकारी दिए । ‘८ जनाबाट छानिएर ४ जना टप लिष्टमा परेका थिए,’ उनले भने, ‘उनीहरुमध्येबाट २ जना छनोट भएका हुन् ।’
उनीहरुले यही वर्षबाट पढ्ने, पढ्ने सक्ने सुनिश्चितता, आर्थिक पृष्ठभूमी, घरायसी अवस्था, निबन्ध, अन्तर्वार्ता र आगामी दिनमा आवेदकले समाजमा दिन सक्ने योगदान लगायतका मापदण्ड बनाएर छनोट गरिएको लामाले जानकारी दिए ।
यो छात्रवृत्तिको आर्थिक सहयोग मोण्डो फाउण्डेशनले गरेको हो । मोण्डो फाउण्डेसनलाई एन्थोन लन्चले २० वर्ष अघि स्थापना गरेका थिए । एन्थोनी लामो समयदेखि नेपालमा स्वयम्सेवकको रुपमा काम गर्दै आएका थिए । उनले सुरुमा सिन्धुपाल्चोकको हेलम्बुबाट स्वयम्सेवाको माध्यमबाट विशेषगरी शैक्षिक क्षेत्रमा योगदान पुर्याउँदै आएका थिए । उनै एन्थोनीको गत वर्ष निधन भएसँगै परिवारले उनको सम्झनामा यो स्नातकोत्तर अध्ययनका लागि दुई जना विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेको लामाले जानकारी दिए । ‘एन्थोनी लन्चले नेपालमा थुप्रै सामाजिक कार्य गर्नुभएको छ,’ उनले भने, ‘धेरै वर्ष अघिबाट सिन्धुपाल्चोकको हेलम्बुबाट सेवा प्रारम्भ गर्नुभएको उहाँको गतवर्ष निधन भएको थियो उहाँकै सम्झनामा यो छात्रवृत्तिको स्थापना गरिएको हो ।’
यो पुरस्कार अब वर्षेनी दुईजनालाई प्रदान गरिने हेल्पले जनाएको छ । सन् २००९ सालमा स्थापित संस्था हेल्पले सुरुवाती वर्षदेखि नै आर्थिक रुपमा विपन्न, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । हेल्पले यसपाली पनि कक्षा ११ र १२ अध्ययनका लागि ७२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हेल्पले यसवर्ष १२ जिल्लाका ७२ जना विद्यार्थीलाई छात्रवृत्ति दिएको हो । हेल्पले हालसम्म ६ सय ६५ जनाभन्दा बढी विद्यार्थीले यो छात्रवृत्ति प्राप्त गरिसकेका छन् ।
ताजा अपडेट
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
- इन्जिनियरिङ प्रवेश परीक्षामा मनपरीको आरोप, ९ विद्यार्थी संगठनको कडा चेतावनी
- शिक्षकको तलबभत्ता अपुग भए तत्काल बजेट व्यवस्थापन गर्न स्थानीय तहलाई केन्द्रको निर्देशन
- त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा
- ट्युसन सेन्टरको छाना भत्किँदा १४ बालबालिकाको मृत्यु
- ८ विश्वविद्यालयले पाउँदैछन् नयाँ उपकुलपति, सिफारिस समितिले टुंग्यायो अन्तिम सूची
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
- कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया