आइतबारदेखि तीन दिनसम्म देशभरका सबै विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि तीन दिनसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । मनसुनजन्य विपद्का कारण विद्यालयमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भन्दै मन्त्रालयले देशभरका सम्पूर्ण स्थानीय तहहरुलाई भोलिदेखि तीन विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।
मन्त्रालयका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय इकाइहरु र विश्वविद्यालयहरुको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न र भौतिक शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
आजै कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक बैठकले सबै तहका परीक्षा स्थगित गर्ने निर्णयसमेत गरेको छ । बैठकले विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आँकलन गरेर उपयुक्त समयमा परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।

ताजा अपडेट
- नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया