आइतबारदेखि तीन दिनसम्म देशभरका सबै विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबारदेखि तीन दिनसम्म विद्यालय बन्द गर्न अनुरोध गरेको छ । मनसुनजन्य विपद्का कारण विद्यालयमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने भन्दै मन्त्रालयले देशभरका सम्पूर्ण स्थानीय तहहरुलाई भोलिदेखि तीन विद्यालय बन्द गर्न अनुरोध गरेको हो ।
मन्त्रालयका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय इकाइहरु र विश्वविद्यालयहरुको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न र भौतिक शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा पठाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
आजै कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक बैठकले सबै तहका परीक्षा स्थगित गर्ने निर्णयसमेत गरेको छ । बैठकले विश्वविद्यालय, परिषद्लगायत सबै शैक्षिक संस्थाका परीक्षा स्थगन गरी परिवेश आँकलन गरेर उपयुक्त समयमा परीक्षा सञ्चालन गर्न अनुरोध गरेको छ ।

ताजा अपडेट
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा








तपाईको प्रतिक्रिया