Techie IT
  • शुक्रबार, असोज ९, २०८३ / Saturday, September 26, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि तीन जनाको नाम सिफारिस

चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि तीन जनाको नाम सिफारिस


काठमाडौं—त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डिनका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार डिनको नाम सिफारिस गर्न बनेको समितिले प्रा.डा. दिव्यासिंह शाह, प्रा.डा. सुधा बस्नेत र प्रा.डा. मोहनराज शर्माको नाम सिफारिस गरेको हो ।

यसअघि ११ असोजमा डिन छनोछ समितिले पाँच जनाको नाम सर्ट लिष्ट गरेको छ । आइतबार सर्टलिष्टमा परेका उम्मेदवारहरुको कार्ययोजना प्रस्तुतिसहितको अन्तर्वार्तापछि डा. सिंह, डा. बस्नेत र डा. शर्माको नाम सिफारिस गरिएको हो ।

सर्टलिष्टमा प्रा. डा. अभिमन्यु झा, प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा.डा. शाह, प्रा.डा. शर्मा र प्रा.डा. परेका थिए । डा. झा र डा. श्रेष्ठ भने सर्टलिष्टबाटै बाहिरिएका छन् ।

त्रिविको कार्यकारी परिषद्ले सिफारिस समितिले सिफारिस गरेको डा. शाह, डा. बस्नेत र डा. शर्मामध्येबाट एक जनालाई डिन नियुक्त गर्नेछ । निवर्तमान डिन डा. शाहको कार्यकाल ३ असारमा सकिएपछि त्रिविले नयाँ डिन छनोटको प्रक्रिया ढिलो गरी अगाडि बढाएको हो ।

डिनका लागि १३ जनाको आवेदन परेको थियो ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको