३४२ वटा विद्यालयको अनुमति रद्ध गर्ने महानगरको चेतावनी, यस्तो छ विद्यालयको सूचि
काठमाडौं । काठमाडौं महानगरपालिकाले ३४२ वटा निजी तथा संस्थागत विद्यालयको अनुमति अथवा स्वीकृती रद्ध गर्ने चेतावनी दिएको छ । महानगरले पटक पटक सूचना जारी गर्दा पनि छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने महानगरभित्रका ३४२ वटा विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत तथा निजी विद्यालयलाई शैक्षिक सत्र २०८० मा कक्षा सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण पेस गर्न भन्दै वैशाख २४ गते परिपत्र गरेको थियो । साथै, जेठ १० गते गोरखापत्रमा सूचना जारी गरी जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरेको विवरण जेठ १६ गतेभित्र महानगरलाई बुझाउन सूचित गरेको थियो ।
उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सो को विवरण बुझाउने विद्यालयलाई महानगरले धन्यवादसमेत दिएको छ । तर, सूचनालाई अटेर गरी हालसम्म विवरण नबुझाउने विद्यालयलाई भने महानगरले कारवाही गर्ने धम्की दिएको हो ।
‘काठमाडौं महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवंम् काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका विद्यालयले मिति २०८० साल जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानून बमोजिम हदै सम्मको कारबाही गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।
महानगरका प्रमुख बालेन शाह काठमाडौं महानगरपालिकामा भित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा गम्भीर रहेको बताउँछन् । ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ,’ उनले भने, ‘सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ ।’

ताजा अपडेट
- केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया